• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मरिचबाट वार्षिक साढे दुई करोड बढी आम्दानी


  •   आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
  • झापा । झापाका किसान मरिच खेतीतर्फ आकर्षित भएका छन् । मरिचबाट झापामा वार्षिक दुई करोड ७० लाख रुपैयाँ आम्दानी हुन थालेपछि यसतर्फ किसानको आकर्षण बढेको हो । सुपारीको बोटमा लहराएर फल्ने भएकाले अहिले व्यावसायिक रूपमा झापाका किसानले सुपारीको बोटसँगै मरिच खेती गरिरहेका छन् । हात्तीले नखाने बाली भएकाले पछिल्लो समय हात्ती प्रभावित क्षेत्रका किसानले समेत मरिचको खेती गर्न थालेका हुन् ।

    Advertisement

    झापाको मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । झापाको मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिमा १५ हेक्टर जमिनमा मरिचको व्यावसायिक खेती भइरहेको ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले बताए । उनले प्रति हेक्टर एक हजार पाँच सय केजीका दरले मरिच उत्पादन हुने गरेको र झापाका किसानले मरिच बिक्री गरेर वर्षेनी दुई करोड ७० लाख रुपैयाँ आम्दानी गरिरहेको बताए ।

    झापामा मरिच खेती गर्ने पहिलो किसान झापाको बुद्धशान्ति गाउँपालिकाका नेत्र संग्रौलाले २०४० सालदेखि मरिचको व्यावसायिक खेती गरिरहेको बताए । अहिले डेढ बिगाह जमिनमा मरिचको व्यावसायिक खेती गरिरहेको बताउँदै उनले आफूले ४० वर्षअघि रोपेको मरिचको बोटले अहिलेसम्म उत्पादन दिइरहेको जनाए । गतवर्ष सुपारीको बोटमा लगाएको मरिच १० हजार केजी फलाएर प्रतिकेजी नौ सय रुपैयाँमा बिक्री गरेको बताउँदै उनले यसपटक एक हजार दुई सयका दरले बिक्री गरेर नौ लाख रुपैयाँ आम्दानी गरेको उनको भनाइ छ ।

    त्यस्तै मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान निलकण्ठ तिवारीले एउटै बोटमा पाँच केजीसम्म मरिच फलाएको बताए । उनले २५० वटा सुपारीको बोटमा मरिच लगाएको जनाउँदै वार्षिक रूपमा दुई सय केजी मरिच उत्पादन गरिरहेको बताए । मेचीनगरको– ४ का किसान युवराज गिरीले आफूले वर्षेनी २०० केजी मरिच फलाउने गरेको बताए । मेचीनगरमा घरैपिच्छे सुपारी खेती र सुपारीको बोटैपिच्छे मरिच लगाएका उनले अरु खेतीजस्तो मरिच खेतीमा झञ्झट गर्नु नपर्ने र बिक्रीका लागि बजारको कुनै समस्या नभएको बताए ।

    सुपारी बाहेक, आँप र अरु प्रजातिको रुखमा पनि मरिच लगाउन सकिन्छ । नयाँ बिरुवा हुर्काएको तीन वर्षपछि मरिच फल्ने उनले बताए । मरिच खेतीमा झापाका किसानको आकर्षण बढे पनि सरकारी निकायले मरिच खेती प्रवर्द्धनमा सहयोग नपुर्‍याएको मेचीनगर–४का किसान निलकण्ठ तिवारी बताउँछन् । मरिच खेती विस्तारका लागी सरकारी प्रोत्साहन आवश्यक रहेको बताउँदै उनले मरिचको व्यावसायिक उत्पादनलाई सरकारले प्रोत्साहित गर्ने हो भने धेरै किसान मरिच खेतीमा लाग्ने बताए । नेपालमा इन्डोनेसिया, श्रीलंकालगायतका तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको छ ।

    तेस्रो मुलुकबाट आएको मरिचका कारण स्वदेशी मरिचले भनेजस्तो मूल्य नपाएको तिवारीको भनाइ छ । तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको बताउँदै उनले तेस्रो मुलुकबाट मरिचको आयातमा प्रतिबन्ध लगाएमात्रै स्थानीय किसानले उत्पादन गरेको मरिचले उचित मूल्य पाउने जिकिर गरे । इन्डोनेसिया, श्रीलंकालगायत तेस्रो मुलुकबाट मरिच आयात गरिँदै आएको र आयातित मरिच तस्करी गरी भारतमा बिक्री हुने गरेको उनको भनाइ छ ।(कारोबार)

    आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer