• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कर्णालीबाट झण्डै दुई अर्बको कृषिउपज निर्यात


  •   आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
  • सुर्खेत । कर्णाली प्रदेशबाट आर्थिक वर्ष २०८०/०८१ का ६ महिनामा झण्डै दुई अर्बको कृषि उत्पादन निर्यात भएको छ । यस वर्षको साउनयता पुससम्म खाद्यान्न, तरकारी र फलफूल गरी कर्णालीबाट एक अर्व ९६ करोड सात लाख रुपैयाँको कृषिउपज निर्यात भएको हो । कृषि विकास निर्देशनालय सुर्खेतको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ४७ हजार १२४ मेट्रिकटन कृषि उपज निर्यात भएको छ । ६ महिनामा सबैभन्दा धेरै ६६ करोड ७४ लाख मूल्यको अदुवा निर्यात भएको छ ।

    Advertisement

    सुर्खेत, सल्यानलगायतका जिल्लामा उत्पादन भएको अदुवा जर्मनीसम्म निर्यात हुने गरेको छ । यसै वर्ष कर्णालीबाट ५० करोडको स्याउ निर्यात भएको छ । कर्णाली प्रदेशका जुम्लालगायत हिमाली जिल्लाबाट यस वर्ष १० हजार ४५१ मेट्रिक टन स्याउ निर्यात भएको कृषि विकास निर्देशनालय सुर्खेतका कृषि प्रसार अधिकृत तिलक पाण्डेले जानकारी दिए ।

    यस्तै २६ करोड ४१ लाखको तरकारी, २० करोड २० लाख मूल्यको सुन्तला, पाँच करोड ४२ लाख बराबरको मकै, मार्सी, कोदो, चिनो, कागुनो, फापरलगायत खाद्यान्न ६ महिनामा निर्यात भएको कृषि प्रसार अधिकृत पाण्डेले बताए । ११ करोडको बर्षे आलु निर्यात हुँदा तीन करोड १९ लाखको मह, तीन करोड ५८ लाखको सिमि, तीन करोड ९१ लाखको बेसार र तीन करोड ८८ लाखको तरकारी बीउ निर्यात भएको छ ।

    गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्ष १७ लाख ८६ हजारले निर्यातमा वृद्धि भएको छ । सिँचाइ, प्रविधि, बीउलगायत सहयोग कार्यक्रमले उत्पादनमा वृद्धि भई निर्यात बढेको पाण्डेको भनाइ छ । कर्णालीमा जम्मा क्षेत्रफल २५ लाख २५ हजार २७५ हेक्टरको ११ प्रतिशत अर्थात दुई लाख ९९ हजार ३३९ हेक्टरमात्रै खेतीयोग्य जमिन छ । जम्मा खेतीयोग्य जमिनमध्ये पनि ७२.४५ प्रतिशत जमिनमा खेती गरिएको कृषि निर्देशनालयको तथ्यांक छ ।

    खेतीयोग्य जमिनमध्ये ३९ हजार ६११ हेक्टरमा वर्षभरि र ३३ हजार ६०२ हजार हेक्टरमा आंशिक गरी ७३ हजार २१३ हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । जुन खेतीयोग्य जमिनको ३३.७६ प्रतिशतमात्रै हो । चालु आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा एक हजार २७८ हेक्टर वर्षभरि सिँचाइ हुने र तीन हजार ६ सय हेक्टर जमिनमा आंशिक सिँचाइको सुविधा विस्तार भएको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत पाण्डेले बताए ।

    सात जिल्लामा खाद्यान्न अपुग
    चालु आवको ६ महिनाको अवस्था हेर्दा खाद्यान्न बचतमा कमी देखिएको छ । सुर्खेत, दैलेख र सल्यानबाहेकका सात जिल्लामा खाद्यान्न अपुग देखिएको हो । निर्देशनालयको तथ्यांकअनुसार समग्र प्रदेशभर २३ हजार ४३४ मेट्रिकटन खाद्यान्न अपुग छ । कर्णाली प्रदेशका लागि तीन लाख ४४ हजार ३२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा तीन लाख २० हजार ८९० मेट्रिक टनमात्रै खाद्यान्न भण्डारण छ ।

    यस वर्ष हावाहुरीका कारण मकै बालीमा, केही जिल्लाको धान बालीमा क्षति भएको तथा भूकम्पका कारण भण्डारण भएको खाद्यान्नमा क्षति भएका कारण बचत कम देखिएको निर्देशनालयका सूचना अधिकारीसमेत रहेको कृषि प्रसार अधिकृत पाण्डेले बताए । पाण्डेका अनुसार सुर्खेतमा चार हजार ८६७ मेट्रिक टन, दैलेखमा ६ हजार ४५१ र सल्यानमा चार हजार ५८६ मेट्रिक टन खाद्यान्न बचत छ । अन्य सात जिल्लामा भने खाद्यान्न अपुग छ ।

    डोल्पामा पाँच हजार ९९, हुम्लामा आठ हजार ५६५, मुगुमा ६ हजार ४३९, जुम्लामा तीन हजार पाँच र कालिकोटमा १० हजार ३१७ मेट्रिकटन खाद्यान्न अपुग छ । यस्तै रुकुम पश्चिममा एक हजार ६१५ र जाजरकोटमा चार हजार २९९ मेट्रिकटन खाद्यान्न अपुग छ । खाद्यान्न लगायत उत्पादन वृद्धिका लागि निर्देशनालयले आलु, तरकारी, अदुवा बेसार, मौरी, च्याउलगायत पकेट क्षेत्र कार्यक्रम तथा ब्लक विकास कार्यक्रम सञ्चालन गरेको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताए ।

    उनले निर्देशनालयबाट ३७२ वटा कृषि सिँचाइ निर्माण गरी पाँच हजार ५८० हेक्टरमा सिँचाइ पुर्‍याएको करिब सात हजार ६०० जनालाई आंशिक रोजगारी सिर्जना भएको बताए । यस्तै सिम्ता र चौकुने गाउँपालिकामा प्राङ्गारिक मिसन कार्यक्रम, कृषि बजार निर्माण, महिला सहकारीमाफर्त घुम्तीकोष परिचालन, दलित अतिविपन्न तथा लक्षित वर्ग विशेष कार्यक्रम लगायतका कार्यक्रम निर्देशनालयबाट सञ्चालन गरिरहेको निर्देशक रोकायले जानकारी दिए ।(कारोबार)

    आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer