• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घरमा पुराना फोटोहरू छन् ? यी एप प्रयोग गरी बनाउनुहोस् डिजिटल


  •   सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । हात-हातमा स्मार्टफोन पुग्नुअघि क्यामेराले फोटो खिचेर त्यसलाई प्रिन्ट गर्नुपर्थ्यो । अहिलेजस्तो स्मार्टफोन झिकेर मन लागेजति फोटो खिच्ने अवस्था थिएन ।

    Advertisement

    सायद अहिले पनि हामीमध्ये धेरैको घरमा फोटो एल्बम हुनुपर्छ । अथवा प्रिन्ट गर्न बाँकी रिल/फिल्म हुनुपर्छ । घरमा भएका ती फोटो एल्बम सधैं साथमै हुन्छ भन्ने छैन । यस्तोमा तपाईंले तिनलाई डिजिटल बनाएर आफूसँगै राख्न सक्नुहुन्छ । यसो गर्दा फोटो हराउला, बिग्रेला भन्ने डर पनि हुँदैन । मुख्य कुरा आफूलाई आवश्यक परेको बेलामा ती फोटोहरू सजिलै हेर्न सकिन्छ ।

    पहिले त्यस्ता पुराना फोटोलाई डिजिटलाइज गर्न स्क्यानर मसिन प्रयोग गर्नुपर्थ्यो । आजभोलि मोबाइल एपबाटै यो काम गर्न सकिन्छ । आज हामी प्रिन्ट गरिएका पुराना फोटोलाई डिजिटल बनाउने मोबाइल एपहरूबारे चर्चा गर्दै छौं:

    फोटो स्क्यान (Photo Scan)

    गुगलको यो एप पुराना प्रिन्ट गरिएका फोटोलाई डिजिटलाइज गर्न नै तयार पारिएको छ । यसका लागि एपले फोटोलाई धेरै पटक स्क्यान गरेर अन्तिम रूप तयार पार्छ । यसो गर्दा फोटो गुणस्तरीय आउनुका साथै सामान्य फोटो खिचेजस्तो पनि हुँदैन ।

    एपले आफैं फोटो क्रप गरेर आकार मिलाइदिने हुँदा समय बचत हुन्छ । तपाईंले उक्त फोटोलाई आफू अनुसार एडिट पनि गर्न सक्नुहुन्छ ।

    यसबाट त्यस्ता पुराना फोटोलाई डिजिटलाइज गर्न सजिलो पनि छ । किनकि एप खोल्नासाथ सिधै क्यामेरा खुल्छ । तपाईंले पुराना फोटोलाई क्यामेरा अघि राख्नुपर्ने हुन्छ । जब तपाईंले क्याप्चर बटन थिच्नु हुन्छ, त्यसपछि चार ओटा सर्कल देखा पर्छन् । ती सबैमा तपाईंले क्यामेरा पर्नेगरी फोन घुमाउनु पर्ने हुन्छ । जब यो काम गरिसक्नुहुन्छ, त्यसपछि अन्तिम फोटो तयार हुन्छ ।

    यो एप एन्ड्रोइड डिभाइसमा डाउनलोड गर्न यहाँ र आईओएस डिभाइसमा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

    माइक्रोसफ्ट लेन्स (Mircosoft lens)

    माइक्रोसफ्टले तयार पारेको एक प्रकारको बिजनेस ओरियन्टेड स्क्यानिङ एप हो, माइक्रोसफ्ट लेन्स । यसलाई पहिले ‘अफिस लेन्स’का नामले चिनिन्थ्यो । यो गुगलको ‘फोटो स्क्यान’ एप जस्तो स्पेसिफिक छैन । यसले विभिन्न प्रकारका डकुमेन्ट स्क्यान गर्ने गर्छ । सोही क्रममा पुराना फोटोलाई पनि यसले स्क्यान गर्ने हो ।

    त्यसरी स्क्यान गरिएका फोटो/डुकुमेन्टलाई आफूअनुकूल एडिट गर्न सकिन्छ । यसका लागि माइक्रोसफ्ट लेन्स खोलेर क्यामेरा अन गर्नुहोस् । अनि कुनै पनि फोटो खिच्नुहोस् । अब उक्त फोटोलाई तपाईंले म्यानुअली पनि मिलाउन सक्नुहुन्छ ।

    यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसका लागि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

    क्याम स्क्यानर (cam scanner)

    क्याम स्क्यानर एप माइक्रोसफ्ट लेन्स जस्तै छ । यसलाई पनि धेरै कामका लागि प्रयोग गर्न सकिन्छ । यस एपमा आफूलाई काम लाग्नसक्ने केही फिचर निःशुल्क प्रयोग गर्न सकिन्छ भने केही फिचरका लागि शुल्क तिर्नुपर्छ ।

    यसबाट पुराना फोटोलाई स्क्यान गर्न एप खोलेर क्यामेरा अन गर्नुहोस् । त्यसमा विभिन्न मोड हुने गर्छन् । तीमध्ये कुनै एक छानेर तपाईंले स्क्यान नगर्न सक्नुहुन्छ । अझ स्क्यान गरिएका फोटोलाई राम्रो देखाउन यसमा विभिन्न फिल्टरहरू समेत राखिएका छन् ।

    यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

    फिल्मबक्स (FilmBox)

    फिल्म नेगेटिभलाई डिजिटलाइज गर्न यो एप उपयोगी हुन्छ । आईओएस तथा एन्ड्रोइड दुवैमा चलाउन सकिने यो एपबाट तपाईंले फिल्म नेगेटिभलाई सजिलै डिजिटल बनाउन सक्नुहुन्छ ।

    तपाईंले यसबाट धेरै ओटा स्क्यान गर्न पैसा तिर्नुपर्ने हुन्छ । तर पनि सुरुवातमा केही फोटो नि:शुल्क खिच्न सकिन्छ । यसबाट आफ्नो फिल्म नेगेटिभबाट रङ्गिन फोटो बनाउन खिच्न तयार पारेको नेगेटिभलाई अलि उज्यालो वा प्रकाशको अगाडि राख्नु पर्छ । अर्थात् तपाईंले कुनै पनि सेतो स्क्रिन अघि उक्त फिल्मलाई राख्न सक्नुहुन्छ । यसपछि आफ्नो क्यामेरा अन गरेर उक्त फिल्मको फोटो खिच्नुहोस् । यसको केही समय भित्र नै सादा फिल्मबाट रङ्गित फोटो तयार हुन्छ ।

    यो एप एन्ड्रोइड डिभाइसमा डाउनलोड गर्न यहाँ र आईओएस डिभाइसका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।(टेकपाना)

    सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer