गोरखा । गोरखा सदरमुकाममा रोट महोत्सव हुने भएको छ । सिद्वाश्रम शक्ति केन्द्र गोरखाको आयोजनामा जेठ १० गतेदेखी रोट महोत्सव हुन लागेको हो ।
केन्द्रका अनुसार यो २१औं रोट महोत्सव हुने छ । गोरखा नगरपालिका–६ को गोरखनाथ मन्दिरमा हुने महोत्सवमा २० गतेसम्म सञ्चालनमा आउने छ ।
महोत्सव अवधीभरमा १ लाख २५ हजारभन्दा बढी रोट चढाइने साधक रामजी अधिकारीले जानकारी दिनुभयो । विश्व शान्तिको कामना गर्दै २०६१ सालदेखी गुरु गोरखनाथलाई केन्द्रले रोट अर्पण गर्दै आएको छ ।
महोत्सवको तयारी सुरु भएको उहाँले बताउनुभयो । साधक अधिकारीका अनुसार महोत्सव स्थल गोरखा दरर्बार गोरखनाथ मन्दिरलाई विशेष रुपमा सजाउने काम सुरु भएको छ ।
गोरखनाथलाई अर्पण गरीएको रोट स्वदेश तथा विदेशमा प्रसादको रुपमा बितरण गर्ने प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो । महोत्सवमा यस पटक पनि स्वदेश र विदेशबाट भक्तजन आउने छन् ।(नागरीक सवाल)




