• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आगलागीबाट च्याखुरा र तित्रो सखाप


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • बैतडी । यस जिल्लाको एक सय वटा सामुदायिक वनमा निरन्तर आगलागी हुँदा सङ्कटापन्न पन्छी च्याखुरा र तित्रो सङ्कटमा परेका छन् । भुइँमै गुँड लगाउने च्याखुरा र तित्रोको गुँडसहित बासस्थान जलेपछि च्याखुरा र तित्रा सङ्कटमा परेका हुन् ।

    Advertisement

    आगलागीका घटनापछि वनमा साँझबिहान च्याखुरी च्याखुरी गर्दै च्याखुरा बासेको आवाज र तीन तारा तित्रिस गरी तित्रा बासेको आवाज पनि सुनिन बन्द भएको छ । गर्मीयाममा भुइँमै फुल पारेर ओथारो बस्ने बेलामा आगलागी हुँदा च्याखुरा र तित्रोको बासस्थान, अन्डा र चल्ला पोलिएका छन् ।

    पाटन नगरपालिका–९ का कृष्णसिंह भाटले च्याखुरा र तित्राले भुइँमै फुल पारेर ओथारो बस्ने बेलामा वनमा आगलागी भएको बताउनुभयो । आगलागीले च्याखुराका बासस्थान, गुँड र आहाराका रूपमा रहेका किराफट्याङ्ग्रा पनि पोलिएका छन् ।

    यो प्रजातिको चरा एक सय/दुई सय मिटरभन्दा टाढा उड्न सक्दैन । भुइँमा हिँडेरै चल्ला हुर्काउने गर्छ । आगलागीका कारण तित्रोभन्दा च्याखुरा थप सङ्कटतिर धकेलिएको पाटन नगरपालिका–१० का वडाध्यक्ष धनवीरसिंह कुँवरले बताउनुभयो ।

    च्याखुरालाई नेपाल सरकारले सङ्कटापन्न पन्छीको सूचीमा राखेको छ । नेपालमा सबैभन्दा पहिला सन् १७९३ मा क्रिक प्याट्रिकले यो पन्छीको अभिलेख राख्नुभएको पाइन्छ । च्याखुरा जङ्गलमा पाइने प्रजातिको चरा भए पनि यसलाई घरमा ल्याएर पाल्ने चलन छ । पहिले धेरै जसोले यो चराको भालेलाई पाल्ने गरे पनि पछिल्लो समयमा भने हराउँदै गएको छ । कुनै बेला काठमाडौँ उपत्यकावरिपरि पनि भेटिने च्याखुरा पछिल्लो समय नेपालभर घट्दै गएको जानकारहरू बताउँछन् । सुदूरपश्चिमको बैतडी च्याखुराका लागि प्रसिद्ध मानिन्छ । कुनै बेला बैतडीमा च्याखुरा लडाइँ प्रतियोगिता हुने गरेको बताइन्छ ।

    आगलागीले ससना बोटबिरुवा, जडीबुटीतर्फ पाखनवेद, चिराइतो, कौँकौँ जस्ता महत्वपूर्ण सम्पदा जलेर खरानी हुँदा पनि वनसम्पदाको क्षतिको विवरण तयार हुन सकेको छैन । चुत्रो, ऐँसेलु, काफल जस्ता जङ्गली फलफूलमा पनि क्षति पुगेको छ ।

    क्षतिको विवरण खोज्दै प्रहरी

    जिल्ला प्रहरी कार्यालयको अगुवाइमा आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन हुन थालेको छ । प्रहरीको प्रारम्भिक तथ्याङ्क अनुसार तीन हजार मिटर खानेपानीको पाइप जलेको छ ।

    वनको आगो बस्तीसम्म पुग्दा सात लाख ७० हजार रुपियाँको धनमाल क्षति भएको छ । दुई घर जलेर क्षति भएको छ । आगो निभाउँदा दुई जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले आगोले वन मात्रै नभई सयौँ जीवजन्तुको बासस्थान र पन्छीको गुँडसमेत जलेको बताउनुभयो । मेलौली नगरपालिकाको रोडिदेवल र सलेनामा पाँच सय मिटर खानेपानीको पाइप जलेर नष्ट भएको छ । दोगडाकेदारमा एक हजार आठ सय मिटर र पाटन नगरपालिकामा पाँच सय मिटर गरी तीन हजार मिटर पाइप जलेको छ । वनमा घाँस काट्दै गरेका दशरथचन्द नगरपालिका–१ का दुई महिला आगो निभाउँदा घाइते भएका छन् । आगलागीले सिगास गाउँपालिका–२, गाँजरी र पञ्चेश्वर गाउँपालिका–४, बिनायमा एक/एक घर जलेर नष्ट भएका छन् ।

    आगलागीका घटना बढ्दै गए पनि डिभिजन वन कार्यालय र जिल्लाभर रहेका ३७२ वटा सामुदायिक वनका पदाधिकारी भने तैँ चुप मैँ चुपको अवस्थामा छन् । प्रहरी एक्लैको प्रयासले आगलागीका घटना नियन्त्रण हुन नसक्ने भएकाले सरोकारवाला निकाय र वन उपभोक्ता समूह जागरुक बन्नुपर्ने प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

    वनबाट सल्केको आगो अनाथ बालबालिका बस्दै आएको छात्रावासतर्फ आएपछि प्रहरीको अगुवाइमा नियन्त्रण गरी थप क्षति हुनबाट जोगाइएको छ । डिभिजन वन कार्यालयका प्रमुख दिलीपकुमार यादवले मानिसकै कारण वनमा आगलागी भइरहेको बताउनुभयो ।

    जति सम्झाउँदा पनि स्थानीयले आगो लगाउन नछाडेको गुनासो उहाँले राख्नुभयो । “हामी त भन्दाभन्दै थाकेर बसिसक्यौँ,” वन प्रमुख यादवले भन्नुभयो, “कति ठाउँमा आगो निभाउनु ? वन कार्यालयमा कर्मचारी पनि छैनन् । सामुदायिक वन उपभोक्ता समूहलाई निगरानी गरेर आगो नियन्त्रण गर्न निर्देशन दिएका छौँ ।”

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer