• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ओझेलमा कालिकोटकाे पचाल झरना


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • कालिकोट । कालीकोट जिल्लाको पचाल झरना गाउँपालिका-३ खाद्रुमा रहेको नेपालकै अग्लो झरना गुमनाम अवस्थामा छ । पचाल झरना नामले नामकरण गरिएको यो झरनासम्म पुग्न सहज पूर्वाधार विकास नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको कमीले यो झरना ओझेलमा परेको हाे ।

    Advertisement

    भौगोलिक विकटतासँगै पूर्वाधार अभावले झरना हेर्न आउन चाहने पर्यटक यहाँ पुग्न सक्दैनन् । यहाँ पुग्न खोज्ने पर्यटकको सङ्ख्या शून्य छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अनगिन्ती प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएपनि यो झरना हालसम्म पर्यटकीय गन्तव्यको रूपमा विकास हुन सकेकाे छैन ।

    सरकारले सुरु गरेको ‘नेपाल भ्रमण वर्ष २०२० मा कालिकोटको पचाल झरना पर्यटकको आकर्षक केन्द्रका रूपमा उल्लेख छ । जिल्लाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा लिएको पचाल झरना तीन सय ८१ मिटर अग्लो छ । यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लामा रहेको ह्याप्तुङ झरना तीन सय ६५ मिटर उचाइको छ । ह्याप्तुङ झरनाभन्दा पचाल झरना १६ मिटर अग्लो छ । तत्कालीन जिल्ला विकास समिति, पचाल झरना गाउँपालिका, सरकारी तथा गैरसरकारी निकायले २०७४ सालमा यो झरनाको लम्बाइ नापेर सार्वजनिक गरेका हुन् ।

    विसं २०८० असोज २ गते नापी विभागले झरनाको नापजाँच गरेपनि तर नापजाँचको विवरण भने सार्वजनिक गरेको छैन । तीन सय ८१ मिटर अग्लो रहेको पचाल झरना सङ्घीय सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यको ६४ औं स्थानमा र कर्णाली प्रदेश सरकारले तय गरेका ४० पर्यटकीय गन्तव्यको सूचीमा समेत यो झरना उल्लेख गरिएको छ । यो झरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौन्दर्यले भरिपूर्ण यो झरना भ्रमणका लागि निकै आकर्षक देखिन्छ ।

    पचाल झरना गाउँपालिका अध्यक्ष देवराज शाहिले झरना अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नलाई प्रदेश सरकारको चार करोडको लागतमा खाद्रुमा होमस्टे, प्रतिक्षालय निर्माण भइरहको बताउनुभयो । उहाँले खाद्रुदेखि झरनासम्मको रेलिङ्ग बाटोको निर्माण कार्य सम्पन्न भइसकेको समेत बताउनुभयो ।

    उहाँले भन्नुभयो, “गाउँपालिकाले अहिले यो झरनाको संरक्षण, विकास र प्रवर्द्धन गर्नको लागि प्रचारप्रसारमा बढी नै जोड दिएको भए पनि प्रमाणीकरणको लागि पर्यटन मन्त्रालय, नापी विभागमा पठाएका छाैं । अब त्यसको प्रमाणीकरण भई फाइनल रिर्पाट आयो भने मात्रै याेजना बनाएर जाने सोच गरेका छौँ । विभागबाटै प्रमाणीकरण भयो भने पर्यटन प्रवर्द्धनमा केही सहयोग पुग्ने अपेक्षा गरेका छौं ।”

    यो झरनाको संरक्षण, विकास र प्रवर्द्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरुको मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ । तर पनि सम्बन्धित सरोकारवाला निकायहरुको बेवास्ता र भौगोलिक विकटताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको झरना ओझलमा परेको छ । एसियाकै सबैभन्दा अग्लो झरनाका रुपमा रहको यो झरना आन्तरिक तथा बाह्य पर्यकलाई लोभ्याउने अनगन्ती प्राकृतिक सौन्दर्यले भरिपूर्ण झरना भए पनि हालसम्म पर्यकीय गन्तव्यको रुपमा विकास हुन सकिरहेको छैन ।

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer