• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मारुनी नाच्दै, शिक्षक पाल्दै


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • म्याग्दी । धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती मलम्पारका स्थानीयले पुख्र्यौली नृत्य गरेर संस्कृति मात्र जोगाएका छैनन् सामुदायिक विद्यालयका शिक्षकको तलबसमेत जुटाइरहेका छन् । गाउँमा विवाह, छेवर र धार्मिक कार्यमा छन्त्याल समुदायको पुख्र्यौली नाच मारुनी नाचेर रकम सङ्कलन गरिँदै आएको छ ।

    Advertisement

    छन्त्याल समुदायले मारुनी नाचको संरक्षणका लागि समूह गठन गरेका छन् । गाउँमा विवाह व्रतबन्ध, छेवर, पुर्पुरोलगायत सांस्कृतिक तथा धार्मिक कार्यमा डाकीबोलावट भएपछि छन्त्याल कलाकार तयार हुन्छन् । मौलिक पोसाकमा चिटिक्क सजिएर कम्मरमा मादल भिरेर सोरठी गाउन पुग्छन् ।

    मलम्परावासीले पुख्र्यौली नाचेर महेन्द्र आधारभूत विद्यालय सञ्चालन गर्न २२ वर्षदेखि रकमको जोह गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर छन्त्यालका अनुसार छन्त्याल समुदायमा जेठा छोराको हर्षबढाइँ गर्न पुर्पुरो, विवाह, छेवर, व्रतबन्धलगायतका धार्मिक कार्यमा पुख्र्यौली नाच्ने प्रचलन छ । कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा तीन जना शिक्षकको तलब भत्ता र अन्य खर्च चलाउन नाचेर रकम सङ्कलन गर्ने गरिएको छ । शिक्षक र कर्मचारी गरेर विद्यालयमा नौ जना कार्यरत छन् ।

    उहाँले भन्नुभयो, “हामीलाई विद्यालय चलाउन धेरै नै दुःख छ । कक्षा ५ सम्म सरकारी दरबन्दीका शिक्षक छन् । त्यसभन्दामाथि कक्षा ८ सम्म हामीले गाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, छेवरलगायत धार्मिक कार्यमा पुख्र्यौली नृत्य मारुनी नाचेर रकम सङ्कलन गर्दै आएका छौँ ।” उहाँका अनुसार पुख्र्यौली नाचेर वार्षिक चारदेखि छ लाख रुपियाँसम्म सङ्कलन हुने गरेको छ । विद्यालय चलाउने हाम्रो अन्य आयस्रोत छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्त्यालका अनुसार गाउँदेखि टाढा रहेको मल्कवाङको विद्यालयमा मलम्पारका बालबालिका जान सक्दैनन् । त्यसैले दुःख गरेरै विद्यालयमा कार्यरत तीन जना शिक्षकलाई मासिक पारिश्रमिकको जोहो गर्न पुख्र्यौली नाचेर रकम सङ्कलन गरिँदै आएको हो ।

    पुख्र्यौली नाचेबापत परिवारले समूहलाई क्षमता अनुसार केही रकम दिने गर्छन् । दिनभर सोरठी भाकामा नाच देखाएपछि पुख्र्यौली समूहले आयोजक घरपरिवारबाट सम्मान र दान ग्रहणपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष् दिने प्रचलन छ ।

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer