☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राराको किनारमा आजबाट प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुँदै


  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
  • सुर्खेत । प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता रारातालमा सञ्चालन हुँदैछ । आज(बुधबार)देखि शनिबारसम्म चल्ने उक्त प्रतियोगिता मुगुको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र राराताल नजिकै सञ्चालन हुन लागेको हो ।

    Advertisement

    प्रतियोगिता राराको किनारमा रहेको ओखर बोटमा सुरु हुनेछ । प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । छायाँनाथ रारा नगरपालिका-९ स्थित रारातालमा सञ्चालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७ वटा टोली दर्ता भएका छन् ।

    आयोजक संस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लका अनुसार वैशाख २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सातवटा महिला १० वटा पुरुष टोलीले सहभागिता जनाएका छन् ।

    तीन दिनसम्म सञ्चालन हुने कबड्डी खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भन्दै बुधबार उद्घाटन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा प्रत्येक टोलीका १० जना खेलाडीका दरले कुल १७० जना कबड्डी खेलाडीहरू सहभागी हुनेछन् । कबड्डी खेल सञ्चालनका लागि २२ जना रेफ्री छनोट गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

    प्रतियोगिताले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदका लागिसमेत खेलाडी छनोट गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । खेलका माध्यमबाट राराको पर्यटन विकासमा टेवा पु¥याउने ध्येयले रारा किनारमा प्रदेशस्तरीय कबड्डी खेल सञ्चालन गरिएको हो ।(हिमालय टाईम्स)

    बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer