• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अमेरिकाले किन रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको प्याकेज, कारण यस्तो


  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो प्याकेज रोकेको छ । इजरायलले यी बमहरू रफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउँदै बमसहित हतियार रोकेको हो ।

    Advertisement

    बीबीसीका अनुसार अमेरिकामा विद्यार्थी आन्दोलन निरन्तर बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।

    अमेरिकाले अप्रिलको सुरुदेखि नै इजरायलले रफाहमा आक्रमण गर्न प्रयोग गर्न सक्ने हतियारको समीक्षा गरिरहेको थियो । पछिल्लो ८ महिनामा अमेरिकाले इजरायललाई हतियार पठाउन रोकेको यो पहिलो पटक हो ।

    इजरायलले रफाहमा सैन्य कारबाही सुरु गरेको बेला यो जानकारी बाहिर आएको हो । अप्रिल ७ मा, इजरायली सेना ट्याङ्कहरू सहित दक्षिणी गाजाको रफाह क्षेत्रमा प्रवेश गरेको थियो ।

    यसले इजिप्टसँगको गाजाको सिमाना कब्जा गरेको छ । तर, इजरायली सेनाले रफाहबाट १ लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने पनि बताएको छ ।

    अमेरिकाले बम ढुवानी रोक्ने सम्बन्धमा इजरायलले भने सहयोगीहरूले पर्दा पछाडिको कुनै पनि असहमतिलाई समाधान गर्ने बताएको छ । इजरायलले अमेरिका सुरुदेखि नै आफ्नो सहयोगी भएको बताउँदै इजरायलको सुरक्षा हितको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ ।

    तर, अमेरिकाको विरोधका बाबजुद इजरायलले रफाहमा सैन्य कारबाही गरिरहेको छ । अमेरिकी अधिकारीहरूले इजरायललाई यो सहरमा शरणार्थीहरूको सङ्ख्या उच्च रहेको भन्दै चेतावनी दिएका छन् ।

    जसका कारण सैनिक कारबाही शुरु भएमा यहाँ ठूलो सङ्ख्यामा मानवीय क्षति हुनसक्छ । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त गरेपछि मात्र आराम गर्ने बताएको छ।

    अमेरिकाले सुरुदेखि नै रफाहमा इजरायलको सैन्य कारबाहीको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सहयोग गरेकोमा विरोधको सामना गरिरहेका छन् । अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइनको समर्थनमा लगातार प्रदर्शनहरू भइरहेका छन्।

    धेरै अमेरिकी सांसदहरूले पनि इजरायललाई पठाइएको सहायतामाथि प्रश्न उठाएका छन्। यस्तो अवस्थामा अमेरिकाले पहिलो पटक यस कारणले इजरायलमा पठाइने हतियारको खेपमा रोक लगाएको छ । यद्यपि पेन्टागन र अमेरिकी सरकारी अधिकारीहरूले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

    रफाहमा इजरायलले सैन्य कारबाही शुरु गर्नुअघि पश्चिमा राष्ट्र र राष्ट्रसंघले इजरायललाई चेतावनी दिएका थिए। उनीहरुले शहरमा ठूलो मात्रामा आक्रमण गर्दा मानवीय विपत्ति निम्त्याउन सक्ने बताए ।

    यस अघि विभिन्न मध्यस्थकर्ताले तयार गरेको युद्धविराम प्रस्तावमा हमासले सहमति गरे पनि इजरायलले भने त्यसलाई अस्वीकार गर्दै पुनः आक्रमण शुरु गरेको छ ।

    शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer