• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मनका धनीलाई वर्षेनि धरपकड


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशभर व्यवसायीक संस्था “भाटभटेनी” सन्चालन गरेर जनतालाई सुविधा दिईरहेका व्यवसायी हुन, मिन बहादुर गुरुङ । उनै मिनबहादुरले जनतालाई सुविधा दिईरहेका छैनन, ठुलो धनराशी सामाजिक सेवामा खर्च पनि गर्ने गरेका छन । यस्तैमा उनले पछिल्लो समय बाल अस्पताल निर्माणकाका लागि ४१ करोड सहयोग गर्ने घोषणा गरेका छन ।

    Advertisement

    नेपालमा पैसा कमाउनेहरू कति छन् ? धनाढ्यहरू कति छन् ? विश्वभरका डलर अर्बपतिको सूचीमा पनि नाम हुनेहरू नेपालमा नभएका होइनन् । तर पैसा हुनु मात्र ठूलो कुरा होइन । धनसँगै मन हुनुपर्छ । त्यस्ता मनकारी व्यापारी भने निकै सीमित छन् । अझ करोडौँ रकम सामाजिक कल्याणमा लगाउने त एकजनाबाहेक अरू देखिएको छैन । ती एक जना हुन्- मीनबहादुर गुरुङ ।

    भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग घोषणा गरेका छन् । डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमार्फत त्यसका लागि अभियान नै चलाएका छन् ।

    काठमाडौंमा निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले सहयोग घोषणा गरेका हुन् । सो अवसरमा डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेको कामबारे जानकारी गराएका थिए ।

    डा. कोइरालाको ब्रिफिङ सुनिसकेपछि गुरुङले अस्पताल बनाउन कति सहयोग रकम आवश्यक पर्ने र भाटभटेनी समूहबाट कति सहयोगको अपेक्षा छ भनी सोधेका थिए । डा. कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिबद्धता र अपुग रकमबारे जानकारी गराएका थिए । उनको कुरा सुनेपछि गुरुङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

    भाटभटेनी सञ्चालक गुरुङले अस्पतालहरूमा सहयोग गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाएका थिए । उनले घरबाट निस्किँदा डा. कोइरालाको अभियानलाई २५ करोड रुपैयाँ सहयोग गर्ने मनस्थिति बनाएर व्यवसाय साझेदारसँग पनि सल्लाह गरेको बताए ।

    ‘घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ । पार्टनरलाई पनि २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ, तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरेँ,’ गुरुङले भने, ‘यहाँ आएपछि जसले राम्रो काम गर्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो । राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको छ ।’

    भाटभटेनीले अहिले ४१ करोडमा निर्माण गरिदिने घोषणा गरेको भवन अहिलेसम्मकै अत्याधुनिक हुने गुरुङले बताए । करिब एक लाख वर्गफिटको अत्याधुनिक भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सी, २० शय्या, आइसियू, एनआइसियूलगायत कक्ष रहनेछन् भने माथि हेलिप्याड पनि रहनेछ ।

    ठूलो रकम सहयोग आउने सुनेपछि कोइरालाले पैसा नै नजुटाई देशभर बाल अस्पताल बनाउने अभियान सुरु गरेको, तर पछिल्लो समय सहयोग जुट्दै गएको बताए । उनले भाटभटेनीबाट प्राप्त ठूलो सहयोग रकम अस्पताल निर्माणका लागि कोसेढुंगा हुने भन्दै खुसी व्यक्त गरेको भाटभटेनी समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बिग भिजनलाई सम्पन्न गर्न मीनबहादुरजी पिलर बनेर आएको उनले बताए ।

    डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । कोशी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ । ‘अहिले पनि दमकस्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ,’ उनले भने, ‘यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको पाएका छौँ ।’ उनले अहिलेसम्म जुटेको रकम सबै पारदर्शी रूपमा खर्च भइरहेको बताउँदै जुन प्रयोजनका लागि सहयोग आएको छ त्यहीँ मात्रै खर्च हुने बताए ।

    भाटभटेनीका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । ०६८ मा बुबा वृषबहादुर र आमा धनमायाको नाममा इमर्जेन्सी भवन बनाइदिएका छन् । उक्त भवन निर्माणमा ११ करोड रुपैयाँ खर्च भएको थियो । भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरिदिएका छन् । पछिल्लो इएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन् ।

    गुरुङले अहिलेसम्म १४ जनालाई एमबिबिएस अध्ययन गराइसकेका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालिकोटका गरी १४ जनालाई एमबिबिएस तहको अध्ययन गराएका हुन् ।

     

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer