काठमाडौं । आज जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिँए संगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अकोश राई नेतृत्वको जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए। विश्वस्त स्रोतका अनुसार यादव सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले अशोक राई नेतृत्वको जसपाका तीन जना सांसदलाई मन्त्री बताउने तयारी गरेका छन्।
स्रोतका अनुसार राईले तीनै जनाको नाम प्रधानमन्त्री दाहाललाई बुझाइ सकेका छन्। राईले जसपा सचिव प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई मन्त्री बनाउने प्रधानमन्त्रीलाई नाम बुझाएका हुन्।
यादवलाई स्वाथ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी छ। त्यस्तै, जसपाकी हसिना खानलाई स्वाथ्य राज्यमन्त्री र रञ्जु झा ठाकुरलाई विनाविभागीय मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेको छ।




