• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इरानद्वारा परमाणु बम बनाउने चेतावनी


  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । इरानले आफ्नो अस्तित्वमा कुनै खतरा भए त्यसको सामना गर्न परमाणु बम बनाउने चेतावनी दिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका सल्लाहकार कमल खाराजीले यस्तो बयान दिएका हुन्।

    Advertisement

    खर्राजीले भने, ‘हामीले आणविक बमको बारेमा कुनै निर्णय गरेका छैनौँ, तर आवश्यक भएमा हामी आफ्नो सिद्धान्त परिवर्तन गर्न सक्छौँ। यदि इजरायलले हाम्रा आणविक केन्द्रहरूमा आक्रमण गर्छ भने, हामीले आफ्नो सुरक्षाका लागि यो कदम चाल्नुपर्नेछ ।’

    सन् २००३ मा इरानका सर्वोच्च नेता खामेनीले ठूलो मात्रामा विनाश निम्त्याउने आणविक हतियारलगायत कुनै पनि हतियारको उत्पादनविरुद्ध फतवा जारी गरेका थिए । तर, यसका बाबजुद सन् २०२१ मा इरानका तत्कालीन गुप्तचर मन्त्रीले पश्चिमी देशहरूको बढ्दो दबाबबीच यो फतवा उल्टाउन सकिने बताएका थिए । अल्जाजीराका अनुसार इरानले ६० प्रतिशतसम्म युरेनियम प्रवर्द्धन गरिरहेको छ ।

    हतियारमा प्रयोग हुने युरेनियम ९० प्रतिशतसम्म प्रवर्द्धन भइरहेको छ । आणविक हतियारको अनुगमन गर्ने निकाय आइएइएले युरेनियमलाई थप प्रवर्द्धन गरेमा २ वटा आणविक हतियारको आवश्यकता पूरा गर्न सक्ने बताएको छ ।

    यसअघि जनवरीमा संयुक्त राष्ट्रका परमाणु निरीक्षक तथा विशेषज्ञ डेभिड अल्ब्राइटले इरानको आणविक कार्यक्रमबारे ठूलो दाबी गरेका थिए । अल्ब्राइटले अहिले इरान सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । एटम बम बनाउने टेक्नोलोजी मात्र होइन, त्यसको लागि युरेनियम पनि उपलब्ध छ । डेभिडले भनेका थिए, “आवश्यक भएमा इरानले केही हप्तामा पहिलो बम तयार गर्न सक्छ। यदि उसले चाह्यो भने ५ महिनामा १२ वटा बम बनाउन सक्छ।”

    पछिल्लो डेढ महिनामा इरान र इजरायलबीच तनाव निकै बढेको छ । वास्तवमा, अप्रिल १ मा, इजरायलले सिरियामा इरानको दूतावासको भवनमा आक्रमण गर्‍यो। जसमा इरानका २ शीर्ष कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । यसपछि इरानले इजरायलसँग बदला लिने कुरा गरेको थियो ।

    त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले ३०० भन्दा बढी मिसाइल र ड्रोनले इजरायलमाथि आक्रमण गर्‍यो। यसै क्रममा नेवातीम एयरफोर्स बेसलाई निशाना बनाइएको थियो । तर, इजरायल, अमेरिका, बेलायत र फ्रान्सले मिलेर ९९ प्रतिशत इरानको आक्रमणलाई असफल बनाएका थिए ।

    यस हमलापछि इरानले आफ्नो बदला लिएको र अब विवाद चर्काउन नचाहेको बताएको थियो । तर, इजरायलले बदला लिने चेतावनी दिएको छ । आक्रमणको छ दिन पछि, इजरायलले इरान विरुद्ध बदला लियो। उनीहरूले इरानको आणविक आधार सहर इस्फाहानलाई निशाना बनाएका थिए ।

    यसबाहेक इराक र सिरियामा पनि हवाई हमला गरिएको थियो । तर, यो अवधिमा खासै क्षति भएको छैन । यी आक्रमणपछि दुई देशबीचको द्वन्द्व रोकिए पनि शब्द युद्ध जारी रह्यो । इरान र इजरायलले लगातार एक अर्कालाई आक्रमणको धम्की दिइरहेका छन् ।

    मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer