त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तरगत भूगोल केन्द्रीय विभागमा क्षमता अभिवृद्धि भू उपग्रह दूर संबेदन तालिम संचालन भएको छ | तालिम एक गतेदेखि छ गतेसम्म संचालन हुने छ भने २० जना सहभागी रहेका छन् |
तालिमको उद्घाटन सत्र विभागका उपप्राध्यापक शेर बहादुर गुरुङको कार्यक्रम संचालन, विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डलको अध्यक्षता, सह प्रा. डा. पुष्पा शर्माको स्वागत मन्तव्य तथा विस्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो |
तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क के. सी. ले विस्वविद्यालयमा हुने अनुसन्धानको क्षेत्रमा भूगोल केन्द्रीय बिभाग एक विशिष्ट स्थानमा भएको तथा यसले सामाजिक विज्ञान र प्राकृतिक विज्ञानलाई जोड्ने पुलको काम गरेको बताउनु भयो | साथै बर्तमान सूचना प्रविधिको युगमा यस्तो दूर संबेदन जस्तो गहन विषयको तालिम संचालन हुनु निकै गर्वको विषय भएको बताउनु भयो |
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं विश्वविद्यालय क्याम्पसका प्रमूख प्रा. डा. ध्यानेन्द्र बहादुर राईले सूचना प्रविधिको युगमा भू-स्थानिक सूचनाको संकलन विश्लेषण प्रयोग हुदै राज्नीयका ति निर्माणमा पनि यस्ता तालिमहरुको अहम भूमिका खेल्ने बताउनु भयो|
त्यसैगरी कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं विभागका विभागीय प्रमूख प्रा. डा. उमेश कुमार मण्डलले भूस्थानिक सूचनाको उच्चतम प्रयोग गर्दै आफ्ना प्राज्ञिक अध्यन एवं अनुसन्धानमा दूर संबेदनको तालिमले निकै महत्त्वपूर्ण भूमिका खेल्ने तथा यसबाट भरपुर लाभान्वित हुन् तालिममा उपस्थित सहभागीहरुलाई अनुरोध गर्नुभयो|





