• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट छैन: अध्यक्ष बस्नेत


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • भक्तपुर । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनमा सामूहिक प्रतिद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलले आयोजना गरेको कार्यक्रममा सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    Advertisement

    प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा भएको युट्युब, अनलाइनसहित पत्रकारिताका चुनौती र आचारसंहिताका सवाल कार्यक्रममा सहभागी बिभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीले सो प्रतिबद्धता जनाएका हुन् ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताउनुभयो ।

    पछिल्लो समयमा छापा माध्यमले पनि युट्यब, अनलाइनमा जानु परेको चर्चा गर्दै उहाँले अहिलेको समयमा डिजिटल मिडियाको प्लेटफर्म प्रयोग नगरी धर छैन तर जुनसुकै मिडियाले पनि अनिवार्य रुपमा आचारसंहिताको पालना गर्नुपर्ने उहाँको भनाइ छ ।

    राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले मोवाइलमै युट्युब, अनलाइन मात्र नभई अहिले टेलिभिजन पनि हेर्न सकिने भएकाले यसको महत्व बढेको बताउनुभयो । काउन्सिलले युट्युवसहितका नयाँ मिडियालाई व्यवस्थित ढंगले नियमन गर्दैआएको भन्दै झाले अन्य निकायले पनि यो काममा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले छापा माध्यम पनि डिजिटलाइज्द हुदैगएको बताउनुभयो । पत्रिका कति प्रति बिक्री भयो भन्नु भन्दा पनि पत्रिका कम छापेर त्यसलाई अनलाइन पिडिएफ मार्फत धेरै भन्दा धेरै पाठक बनाउतर्फ ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो ।

    पत्रकार उज्ज्वल आचार्यले विद्यमान पत्रकारिताका चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । सञ्चारमाध्यमको आयश्रोत कमजोर वन्दैजाँंदा त्यससँंग सम्वन्धित सरोकारवालाले विज्ञापनको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष माथवरसिंह वस्नेत, पत्रकारहरु तीर्थ कोइराला, अखण्ड भण्डारी, दुर्गा खनाल, गोपाल खनाल, केदारनाथ कोइराला, मोहन बाँस्तोला, रामकला खड्का, कृष्ण किसी, कौशल भट्टराई, रत्न श्रेष्ठ र अन्य पत्रकारलेले अचारसंहिताको पालना र पत्रकारिताको दिगो श्रोतको पहिचान गरी अगाडि वढ्नुपर्नेमा सुझाव दिनुभयो ।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer