☰
शुक्रबार, कार्तिक १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सिएनआई र विश्वविद्यालय कुलपतिबीच छलफल


  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) ले शैक्षिक क्षेत्रका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरेको छ । सिएनआई शिक्षा परिषद्को संयोजनमा शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमसँग अबको शिक्षा प्रणाली तथा संयन्त्र कस्तो हुनुपर्ने, विश्वविद्यालय र उद्योगबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रमलगायतका विषयमा छलफल भएको हो ।

    Advertisement

    सिएनआई उपाध्यक्ष निर्वाणकुमार चौधरीले उद्योगको आवश्यकताअनुरूप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको भन्दै सिएनआई विश्वविद्यालहरूसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तरमा जोड दिँदै पाठ्यक्रम बजार आवश्यकताअनुसारको बनाउन जरुरी रहेको बताउनुभयो ।

    पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । शिक्षामा नयाँपन आवश्यक रहेको भन्दै उहाँले पूर्वाञ्चल विश्वविद्यालयमा आर्टिफिसियल इन्टलिजेन्समा स्नातक तहको पाठ्यक्रम सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।

    मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थी नेपालमा आकर्षित गर्न विश्वविद्यालयहरू ¥याङ्किङमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विद्यार्थीले ¥याङ्किङमा हेरेर विश्वविद्यालय छनोट गर्ने भएकाले विश्वविद्यालयको र्‍याङ्किङ वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । सो अवसरमा सिएनआई शिक्षा परिषद्का सभापति द्विराज शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।(हिमालय टाईम्स)

    शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer