• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रधानन्यायाधीशलाई संवैधानिक परिषदबाट अलग राख्नुपर्छ: बार


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । न्यायपालिका पुनःसंरचनालाई मुख्य मुद्दा बनाउँदै अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०८१ काठमाडौँमा सुरु भएको छ।

    Advertisement

    तीन दिने सम्मेलनले न्यायपालिका पुनःसंरचनाको खाका पारित गरी त्यसअनुरूप संविधान संशोधनका लागि दबाब दिने भएको छ।

    न्यायपालिका पुनःसंरचनाको खाका तय गर्न नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो।

    समितिले संविधान र कानुनमा आवश्यक संशोधनका लागि सुझाव पेस गरेको छ। शनिबार सम्मेलनमा प्रस्तुत हुने प्रतिवेदनको सुझाव खण्डका मुख्य बुँदा नेपालखबरले प्राप्त गरेको छ, जुन यसप्रकार छन्-

    ‘प्रधानन्यायाधीशलाई संवैधानिक परिषदबाट अलग गर’

    शाक्य नेतृत्वको समितिले न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण राख्न संवैधानिक परिषदबाट प्रधानन्यायाधीश अलग हुनुपर्ने सुझाव दिएको छ।

    नेपालको संविधानमा प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र उपसभामुख रहने व्यवस्था छ।

    समितिमा रहने सदस्यमध्ये प्रधानन्यायाधीशबाहेक सबै राजनीतिक प्रतिनिधि हुन्।

    तटस्थ र राजनीतिनिरपेक्ष रहनुपर्ने प्रधानन्यायाधीश पनि राजनीतिक नेता, त्यसमा पनि कार्यकारी र व्यवस्थापिका प्रमुखसँग बसेर विभिन्न नियुक्तिमा भागबण्डा गर्न थाल्दा न्यायपालिकाको स्वतन्त्रता नै जोखिममा परेको शाक्य नेतृत्वको प्रतिवेदनको निष्कर्ष छ।

    पछिल्लोपल्ट तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक नियुक्तिमा मात्र नभई मन्त्रिपरिषदमै आफन्तलाई नियुक्ति दिलाएका थिए। केही राजदूत र अन्य राजनीतिक नियुक्तिमा पनि उनले भाग लिएको भन्दै बारदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरूले विरोध तथा बहिष्कार गरेका थिए। पछि उनीविरुद्ध संसदमा महाभियोगको प्रक्रियासमेत अगाडि बढाइएको थियो। अहिलेसम्म त्यो प्रक्रिया भने टुंगिएको छैन। निलम्बनमा रहेकै बेला गम्भीर आरोपैसहित उनी २०७९ मंसिर २७ मा निवृत्त भएका थिए।

    ‘न्यायाधीशको उमेरहद बढाऊ’
    शाक्य नेतृत्वको समितिले तीनै तहका न्यायाधीशको उमेर हद बढाउनुपर्ने सुझाव दिएको छ। हाल जिल्ला र उच्च अदालतका न्यायाधीश ६३ वर्षसम्म सेवामा रहन पाउँछन् भने सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष छ।

    शाक्य प्रतिवेदनले सेवाकाल २ वर्ष बढाएर जिल्ला र उच्चमा ६५ वर्ष अनि सर्वोच्चमा ६७ वर्ष उमेर हद कायम गर्नुपर्ने राय दिएको छ।

    ‘महाभियोग ६ महिनाभित्र टुंग्याऊ’
    प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध दर्ता हुने महाभियोगको प्रस्ताव ६ महिनाभित्र टुंगो लगाइसक्नुपर्ने बाध्यकारी व्यवस्था पनि संविधानमै राख्नुपर्ने सुझाव बारको अध्ययन समितिले दिएको थिएको छ।

    तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग २ वर्षभन्दा बढी भइसक्दा पनि टुंग्याइएको छैन। उनको पेन्सनपट्टा रोक्का छ। २०७८ फागुन १ गते उनका विरुद्धमा महाभियोग दर्ता भएको थियो। उनी तत्कालै पदबाट निलम्बनमा परेका थिए। तर, सर्वोच्च अदालतले अब महाभियोग प्रस्ताव दर्ता हुँदैमा तत्काल निलम्बन नहुने व्याख्या गरेको छ।

    बारको अध्ययन समितिले महाभियोग प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याउन वा निर्णयहीन राख्न नपाउने ठहर गरेको छ।

    ‘न्यायाधीशलाई तालिम देऊ’
    नेपाल बार एसोसिएसनले केही न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाउँदै तालिममा पठाउनुपर्ने आवाज पहिलादेखि नै उठाउँदै आएको हो। वरिष्ठ अधिवक्ता शाक्य नेतृत्वको समितिले अवधि नै तोकेर जिल्ला र उच्च अदालतका न्यायाधीशलाई इजलास प्रवेश गर्नुअघि अनिवार्य तालिमको व्यवस्था गर्न भनेको छ।

    जिल्ला अदालतका न्यायाधीशलाई ६ महिना र उच्चका न्यायाधीशलाई ३ महिना ‘जजेस कोर्स’को तालिम दिनुपर्ने प्रतिवेदनको सुझाव खण्डमा उल्लेख छ।

    ‘संशोधित नियमावली खारेज गर’
    समितिले न्याय परिषद् नियमावलीको पछिल्लो संशोधन खारेज गरी साविककै व्यवस्था ब्युँताउनुपर्नेमा जोड दिएको छ।

    न्याय परिषदले संशोधन गरी गत असोज १ गते नेपाल राजपत्रमा प्रकाशित गरेको नियमावली संविधानको विपरीत रहेको अध्ययनको ठहर छ।

     

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer