एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी इगा स्वाटेकले इटालियन ओपनको उपाधि जित्नुभएको छ । शनिबार राती सम्पन्न फाइनलमा अर्यना साबालेन्कालाई सोझो सेटमा पराजित गर्दै पोल्याण्डकी स्वाटेकले उपाधि जित्नुभएको हो । स्वाटेकले बेलारुसकी साबालेन्कालाई ६-२ र ६-३ को सोझो सेटमा हराउनुभयो ।
Advertisement
२२ वर्षीया स्वाटेकको यो करियरको २१औँ उपाधि हो । यसै महिनाको सुरुवातमा स्वाटेकले विश्व नम्बर दुई साबालेन्कालाई पराजित गर्दै मड्रिड ओपनको उपाधि जित्नुभएको थियो ।




