• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ओझेलमा छन सर्लाहीका धार्मिक तथा पर्यटकीय क्षेत्र


  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् ।

    Advertisement

    स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण कम हुँदै गएको छ । जिल्लामा विविध महत्त्व बोकेका पर्यटकीय स्थलहरू भएपनि अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन ।

    पर्यटकीय स्थलको विकास तथा प्रचार प्रसारका लागि बर्सेनि बजेट विनियोजन भए पनि स्थानीय तह आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा चुकेका छन् । स्थानीय तहले संरक्षणमा चासो नदिँदा पर्यटकीय स्थल ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

    मधेश प्रदेश कै अग्लो स्थानमा रहेको पर्यटकीय स्थल राजारानी थूम्कोमा पछिल्लो समय पर्यटक जानै छाडेका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित ईश्वरपुर नगरपालिका १२ घारीबथानमा रहेको थूम्को प्रचार प्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्न थालेको छ ।

    कुनै समय युवायुवती समूहमा वनभोज खाने र मनोरञ्जनका लागि पुग्ने थूम्को स्थानीय तहले नै संरक्षणमा चासो नदिँदा ओझेलमा परेको त्यहाँका स्थानीय बताउँछन् । थूम्कोमा धेरै पहिले राजारानी आएर बसेका कारण यसको नाम राजारानी थुम्को कायम गरिएको स्थानीय बूढापाका बताउँछन् ।

    यस्तै अर्को पर्यटकिय महत्त्व बोकेको हरिपुर नगरपालिका ४ फरहदवास्थित ऐतिहासिक एवम् धार्मिक महत्त्वको जंगमुक्तेश्वर तथा हिरण्य गर्भेश्वर महादेवको जोर लिंगसहितको मन्दिर पनि ओझेलमा पर्दै गएको छ ।

    राणा शासनका तत्कालीन श्री ३ जंगबहादुरले देहत्याग गरेको स्थानमा वीर शमशेरले बनाएको मन्दिर प्रचार प्रसारको अभावमा दर्शनार्थी पुग्न छाडेका छन् । यहाँ पनि स्थानीय तहको बेवास्ताका कारण यो मन्दिर ओझेलमा परेको छ ।

    यी क्षेत्रको संरक्षण एवम् व्यवस्थापनमा स्थानीय तह जुटे पर्यटनको आकर्षक क्षेत्र बन्ने सम्भावना छ । यसका लागि स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्त्व विभागले संरक्षण र प्रचारमा जोड दिनु आजको आवश्यकता बनी सकेको छ ।

    सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer