• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन’: वालेन


  •   मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । उपत्यकाको फोहोरमा राजनीति मिसाउने कुरा नौलो होईन । तर कुरा के हो भने, फोहोरमा राजनीति मिसाएर सफा बनाउने कि, झन दुर्गन्धित बनाउने ।  काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटमा जान्छ। फोहोर फ्याक्न हरेक वर्ष अवरोध हुन्छ। तर, गाली खाने काठमाडौं महानगर हुन्छ। फोहोर काठमाडौं महानगरको मात्र जाँदैन, उपत्यकाका सबै पालिकाको जान्छ। सिंहदरबार, बालुवाटार, शितलनिवासको फोहोर पनि जाने बन्चरेडाँडा नै हो।
    तर, दलका नेताहरु यसैमा राजनीति गर्छन्। स्थानीय बासिन्दालाई उस्काउछन्, फोहोर व्यवस्थापनमा अवरोध हुन्छ। काठमाडौं महानगरले गाली खान्छ। यसपटक महानगर प्रमुख वालेनले नयां जुक्ति लगाएका छन् ।

    Advertisement

    यसपटक पनि त्यस्तै भएको छ। फोहोर फ्याक्न अवरोध भएको छ। सहजीकरण गरिदिन अनुरोध गर्दा प्रहरीप्रशासनले नमानेपछि काठमाडौं महानगरका मेयर बालेन शाहले नयाँ जुक्ति निकाले। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दल माओवादी र गृहमन्त्री रवि लामिछानेको दल रास्वपाको पार्टी कार्यालयमा फोहोर थन्काउन निर्देशन दिए। सोही अनुसार महानगरले सोमबार बिहान फोहोर बोकेको ४ ट्रक प्रचण्डको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा र ४ वटा गृहमन्त्री लामिछानेको पार्टी कार्यालय बनस्थलीमा पठाएको थियो।

    तर, प्रहरीले चालकलाई पक्राउ गरेपछि बालेनले फेसबुकमा स्टाटस लेखे, ‘को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन।’ उनले यसरी आक्रोशित भएर फेसबुकमा स्टाटस लेख्नुको कारण काठमाडौंको फोहोर बोक्ने गाडीका चार जना चालकलाई प्रहरीले पक्राउ गर्नु हो । ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुँदैनन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन,’ उनले लेखे।
    बालेनको स्टाटसपछि प्रचण्ड र रविसम्म कुरा पुगेको थियो। लगत्तै प्रहरीले गाडी चालकलाई छाडेको छ।

    बालेनले ‘फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाएँ’ भनेर जानकारी गराएका छन्। तर, चेतावनी दिँदै भनेका छन्, ‘जो कोहीले यत्ति बुझ्नुहोला , पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।’

    फोहोरमा राजनीति नयाँ विषय होइन। कांग्रेस, एमाले, माओवादीका नेताहरुले हरेक वर्ष नयाँनयाँ मुद्दा उठाएर राजनीति गर्ने गर्छन्। बन्चरेडाँडा ल्यान्डफिल साइट ८८ करोड ५४ लाख ७० हजार ४ सय ३१ रुपैयाँ लगानीमा निर्माण भएको हो। तर, त्यसबाहेक सहरी विकास मन्त्रालयले ल्यान्डफिल साइटका लागि करिब ६१ करोड रुपैयाँ मुआब्जा दिएको थियो। बन्चरेडाँडाको १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गर्दा ६१ करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपरेको थियो।

    यसअघि शाहले फाेहाेर व्यवस्थापनमा सहयोग नगरेको भन्दै उनले केही समय सिंहदरबारसहित विशिष्ट पदाधिकारीका निवासको फोहोरसमेत उठाउन रोकिदिएका थिए।
    अहिले प्रधानमन्त्रीको पार्टी कार्यालयमा फोहोर पठाउने कदमले सरकारसँग फेरि आमनेसामुने हुने देखाएको छ।

    मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer