☰
शुक्रबार, मङि्सर ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

नलगाडका किसान मौरीपालनतिर


  •   मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
  • जाजरकोट ।  नलगाड नगरपालिकाका किसान मौरीको महबाट आत्मनिर्भर हुन थालेका छन् । नलगाड नगरपालिका–१, पाली, कल्पत, चिउरीका किसानले मौरीपालन व्यवसाय गर्न थालेपछि जीवनस्तरमा पनि सुधार हुँदै आएको छ । मौरीको महबाट राम्रो आम्दानी भएपछि नलगाड नगरपालिका–१ का किसान आकर्षित भएका छन् ।

    Advertisement

    स्थानीय तहले माटो परीक्षण गरी नलगाड नगरपालिका–१, पाली, कल्पत र चिउरीमा मह उत्पादनको सम्भावना देखिएपछि मौरी पकेट क्षेत्र घोषणा गर्दै किसानले मौरीपालन गर्दै आएका छन् । उनीहरूलाई कृषि विकास कार्यालय, स्थानीय तह अन्तर्गत कृषि विकास शाखाले पनि तालिम तथा आवश्यक सामग्री सहयोग गर्दै आएको छ । नलगाड नगरपालिका–१, कोर्कागाउँका वीरबहादुर पुनले भन्नुभयो, “मौरीबाट राम्रो आम्दानी देखेपछि व्यवसाय

    सुरु गरेको हुँ ।” १५ वटा घारबाट सुरु गर्नुभएका पुनले अहिले ८० घार बनाइसक्नुभएको छ । तीमध्ये ३० वटा घार मौरी बिक्री गरिसक्नुभएको छ ।

    गत कात्तिक १७ को भूकम्पले घर भत्किएपछि १५ घार मौरी घरमै पुरिएपछि अहिले ३० वटा घार मात्र छन् । सोही घारबाट एक सय धार्नी मह उत्पादन गरी दुई लाख रुपियाँ बराबरको आम्दानी गरेको उहाँले बताउनुभयो । मौरीपालन मात्र होइन, उहाँले बाख्रापालन व्यवसाय पनि गर्दै आउनुभएको छ । खसीबाख्राबाट उहाँले वार्षिक दुई लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताउनुभयो । अचेल उहाँसँग ५० वटा खसीबाख्रा छन् ।(गोरखापत्र)

    मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer