• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रविधिको प्रयोगले कृषि उत्पादनमा वृद्धि


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । उत्पादन वृद्धिका लागि कृषिलाई प्रविधिमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । श्रमिक नपाइरहेको कारण कृषि क्षेत्र प्रभावित हुँदै उत्पादनमा कमी आएको बताउँदै उनीहरूले श्रमिक नपाएका कारण खेत बाँझो हुन गएको धारणा राखेका छन् ।

    Advertisement

    कृषि सूचना तथा प्रशिक्षण केन्द्र र खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आयोजना गरेको ‘राष्ट्रिय डिजिटल कृषि रणनीति र कार्य योजना’ सम्बन्धी कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता सवनम शिवाकोटीले पछिल्लो समय कृषिसँग सम्बन्धित थुप्रै प्रविधिको विकास भएको तर त्यसलाई किसानको पहुँचमा पुर्‍याउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिमा एप्स, वेबसाइटलगायत विभिन्न प्रविधिको विकास भएको हो तर किसान त्यसको प्रयोगभन्दा टाढा छन् ।”

    विभिन्न एप्स, अनलाइन आएका छन्, विभिन्न सामाजिक सञ्जाल तथा नयाँ मिडियाहरू पनि प्रयोगमा आइरहेका छन् तर त्यहाँ भाषाको समस्या देखिएको बताउँदै उहाँ ती सबैलाई सरल बनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले प्रविधिहरू जति सजिलो भयो त्यति नै राम्रो हुने कुरामा जोड दिँदै उहाँले यसका लागि किसानले बुझ्ने भाषामा आउनुपर्ने कुरामा जोड दिनुभयो ।

    कृषिमा उत्पादन बढाउनका लागि पहिलो विकल्प नै प्रविधि रहेको बताउँदै कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख डा. प्रकाशकुमार सन्जेलले छरिएर अबको युगमा कृषिलाई प्रविधिमैत्री बनाउन नसके आत्मनिर्भर हुन नसकिने बताउनुभयो । उहाँले डिजिटल कृषिलाई प्रवर्धन गर्न विभिन्न निकायलाई एकीकृत गर्न आवश्यक रहेको बताउनुभयो । कृषिसँग सम्बन्धित प्रविधिलाई किसानको तहसम्म पुर्‍याउनुपर्ने कुरामा जोड दिँदै उहाँले कतिपय अवस्थामा प्रविधिको विकास भए पनि किसानको हातसम्म नपुगेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कृषिमा जनशक्ति अभाव हुँदै गएका कारण उत्पादनमा असर पारिरहेको छ, जनशक्ति नहुँदा उब्जाउ हुने जमिन बाँझो अवस्थामा छ, त्यो जग्गा उपयोग गर्नका लागि यान्त्रिकीकरणमा जोड दिनु पर्छ ।” प्रविधिमैत्री कृषि भयो भने उत्पादन र उत्पादकत्वमा सुधार गर्न सकिने उहाँको तर्क थियो ।

    सरकारले यसअघि नै माटोको गुणस्तरबारे डिजिटल नक्सा तयार गरी किसानसमक्ष पुर्‍याइसकेको छ भने २५ हजारभन्दा बढी किसानको मोबाइलमा कृषिसम्बन्धी विभिन्न सूचनाहरू जाने गरेको, बालीको रोग पत्ता लगाउने विभिन्न एप्सहरू आइसकेको बताउँदै उहाँले यी प्रविधिका कारण किसानलाई काम गर्न सजिलो भएको छ ।

    देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये करिब १७ लाख कृषक घरधुरीलाई विद्युतीय प्रणाली (डिजिटलाइजेसन) मा सूचीकृत भइसकेको जानकारी गराउँदै उहाँले आगामी वर्ष करिब १८ लाख कृषक घरधुरीलाई सो प्रणालीमा सूचीकृत गर्ने सरकारी लक्ष्य रहेको समेत जानकारी दिनुभयो । किसानहरू सूचीकृत भइसकेपछि त्यसलाई वर्गीकरण गरेर परिचयपत्र दिएपछि त्यसको आधारमा किसानलाई सेवा सुविधा दिइने बताउनुभयो ।(गोरखापत्र)

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer