• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिदै


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • ताप्लेजुङ । कञ्चनजङ्घाको जिल्ला भनेर चिनिँदै आएको ताप्लेजुङको पर्यटन प्रवर्द्धन तथा विकास गर्न महोत्सव आयोजना गरिएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन तथा विकास गर्ने मुख्य उद्देश्यले पाँचदिने ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ आयोजना गरिएको हो ।

    Advertisement

    ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा अवलोकन’ भन्ने नारासहित गत बिहीबारदेखि सोमबारसम्म सदरमुकाम फुङ्लिङमा पर्यटन महोत्सव आयोजना गरिएको हो । यहाँको घरेलु उत्पादन, मौलिक संस्कृतिको उजागर तथा प्रदर्शनसँगै पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउने उद्देश्यले पनि महोत्सव आयोजना गरिएको हो ।

    विश्वको तेस्रो तथा नेपालको दोस्रो हिमाल कञ्चनजङ्घा ताप्लेजुङमा छ । यस्तै कुम्भकर्ण (फक्ताङ्लुङ) लगायत आठ हजारभन्दा माथि उचाइ भएका आधा दर्जन बढी हिमाल पनि यस जिल्लामा छन् । फुङफुङ्गे झरना, सिँजेमा ताल, तिम्बुङपोखरी, सोदुपोखरी, ढङढङ्गे झरना, मिल्केजल्जले क्षेत्र, मेरिङ्देन झरना, सिन्धोलुङ झरना, खाँगे झरना, लोदेन क्षेत्रजस्ता दर्जनौँ पर्यटकीय स्थलहरू छन् ।

    यसैगरी, ओलाङचुङ्गोला, दिकी छ्योलिङ गुम्बा, माङ्गेन्ना यक, सिरिजङ्गा माङ्हिम, सिदिङ्मा, पाथीभरा (मुक्कुमलुङ) धाम, सिद्धिडाँडाजस्ता थुप्रै ऐतिहासिक तथा धार्मिक स्थलहरू यस जिल्लामा छन् । पर्यटकलाई आकर्षित र केन्द्रित गर्ने प्रशस्त पर्यटकीय तथा ऐतिहासिक साथै पवित्र धार्मिक स्थलहरू भएर पनि आवश्यक प्रचारप्रसार र प्रवर्द्धन हुन नसक्दा पर्यटन विकास हुन सकेको छैन । यही अवस्थालाई दृष्टिगत गरी पर्यटन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

    पर्यटन महोत्सव मूल आयोजक समिति संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लमाले जिल्लाको पर्यटन विकासमा महोत्सवले टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । पर्यटकीय स्थलहरूको प्रचारप्रसार भएको, विभिन्न जातजातिमा आधारित मौलिक संस्कृतिको प्रदर्शन भएको साथै अर्गानिक तथा घरेलु उत्पादनको प्रदर्शनजस्ता गतिविधि भएकाले महोत्सव पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी भएको प्रमुख लामाले दाबी गर्नुभयो ।

    यता स्थानीय उत्पादनका सामग्रीसहित औद्योगिक प्रदर्शनी, मौलिक खाद्य परिकारजस्ता व्यापारिक स्टलहरू राखिएकाले व्यापारीको व्यापार प्रवर्द्धन पनि भएको छ । घरेलु उत्पादन तथा मौलिक परिकारसहित राखिएको स्टलले पर्यटकलाई थप आकर्षित गरेको पनि आयोजकले जनाएको छ । पर्यटन प्रवर्द्धन लागि प्रभावकारी तथा व्यापक प्रचार गर्न महोत्सवमा विभिन्न शैली अपनाइएको छ ।

    परम्परागत सीप प्रदर्शन तथा खेलकुद गतिविधिका माध्यमबाट पनि पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन सकिने भएकाले महोत्सवमा त्यस्ता गतिविधिसमेत गरिएको थियो । जसअनुसार महोत्सवमा धूप बाट्ने, चोयाको डोको र पातको टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको छ । खेल गतिविधिअन्तर्गत डोको क्यारी रन (डोकोमा भारी बोकेर दौडिने), अन्तरपालिकास्तरीय भलिबल, खुला तथा महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो ।

    त्यस्तै महोत्सवको प्रत्येक दिन स्थानीय तथा दीपक लिम्बू, रचना रिमाल, प्रताप दास जस्ता राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति थियो । आयोजक समितिका सदस्य सचिव देवराज गुरुङका अनुसार महोत्सवको आकर्षणका रूपमा साइक्लिङ रन (साइकल दौड) पनि आयोजना गरिएको थियो । महोत्सवमा करिब दुई लाख जनाले सहभागिता जनाएको आयोजकको दाबी छ ।

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer