• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वार्षिक रु आठ लाखको बचत गर्दै धनगढीका किसान


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशमा माटो, पानी र हावापानी अनुसारको कृषी कर्म गर्न सकियो भने यसबाट मनग्य आम्दानी गर्न सकिने छ । जसले गर्दा पछिल्लो समय देशका बिभिन्न ठांउमा कृषी कर्म गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । यस्तै तरकारी खेतिमा रमेका छन, धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी ।

    Advertisement

    धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो बारीमा गरिरहनुभएको व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म बचत गर्नुहुन्छ । साविकको जिल्ला कृषि विकास कार्यालयले दिएको कृषिसम्बन्धी तीन महिने आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन) को तालिममा सहभागी चौधरीलाई तालिमपछि व्यावसायिक तरकारी खेतीमा लाग्ने उत्प्रेरणा जगाएको हो । १७ कठ्ठा जग्गामा १८ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका उहाँले भन्नुभयो, “एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपछि तालिम लिएर तरकारी खेती सुरु गरे, अहिले वार्षिक तरकारीको कारोबार भइरहेको रु १५ लाखमध्ये रु आठ लाख बचत गर्न सफलता मिलिरहेको छ ।”

    उहाँको घरमा चार सदस्य हुनुहुन्छ । अन्य रोजगारी नभएपछि उहाँसहितका परिवारका सदस्यहरुको मुख्य रोजगारी तरकारी खेती नै बनेको छ । भेटेरीनरी जेटिएसम्मको अध्ययन पूरा गर्नुभएका ४० वर्षीय चौधरीले भन्नुभयो, “लोकसेवा दिएर जेटिए (जुनियर टेक्निकल असिस्टेन्टं) मा नाम निकाल्न सक्थेहोला, तर त्यतातिर ध्यान नदिई जागिर गरेर पाउने तलबभन्दा तरकारी खेतीबाट भइरहेको आम्दानीले सन्तुष्ट छु ।”

    उहाँमा सानैदेखि उद्यमी बनेर गाउँमा रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो । उहाँको कृषि फर्म सञ्चालनमा छ । परिवारका सदस्यबाहेक नियमित रुपमा र सिजनको समयमा गरी उहाँले सात जनालाई रोजगारी दिनुभएको छ ।

    “बाह्रै महिना सिजन अनुसारका तरकारी लगाउँछु, तरकारी बिग्रिने पनि हुँदैन, लामो समय काम गरेकाले अनुभव पनि भइसक्यो”, उहाँले भन्नुभयो, “तरकारी बारी कहिल्यै खाली हुँदैन् । काँक्रा, फर्सी, पालङ, बोडीलगायतका तरकारी हुर्किदा मन सन्तुष्ट हुन्छ ।”

    तरकारीबारीमा व्यापारी पुगेर थोक मूल्यमा तरकारी खरिद गर्ने गरेकोले उत्पादित तरकारी बिक्री गर्न समस्या नरहेको उहाँ बताउनुहुन्छ । यसबाहेक धनगढीमा हप्तामा तीन दिन सञ्चालन हुने कृषि हाट बजारमा आफ्नो कृषि उपज बिक्री गर्न ल्याउनुहुन्छ ।

    धनगढी वसन्त टोलका तरकारी पसले अनिल चौधरी तरकारी खेती गरेर दिनेश चौधरी धनगढीको एक सफल कृषकको रुपमा स्थापित हुनुभएको बताउनुहुन्छ । “धनगढीको कृषि हाटबाजारमा उहाँको बारीको धेरै परिमाणको तरकारी आउने गरेको छ”, अनिलले भन्नुभयो, “उहाँको परिश्रम देखेर आफूलाई तरकारी खेती गर्ने रहर जागेपनि परिस्थितिले गर्न सकेको छैन, तरकारी बेचेर जीवन निर्वाह गरिरहेको छु ।”

    तरकारी खेतीसँगै होटल व्यवसाय पनि गरिरहनुभएका दिनेशले पछिल्ला वर्षमा केरा र मेवा खेती पनि गर्न थाल्नुभएको छ । उहाँले भन्नुभयो, “विगत तीन वर्षदेखि सात कठ्ठा जमिनमा केरा खेती गरेको छु । थप जग्गामा तरकारी खेतीसँगै मेवा पनि रोपेको छु ।”

    केराबाट मात्रै वार्षिक रु एक लाख ५० हजार बढी हजार आम्दानी हुन थालेपछि यो खेतीको विस्तार गर्ने सोच उहाँले बनाउनुभएको छ । केरा खेती विस्तारपछि थप पाँच जनालाई रोजगारी दिन्छु । उहाँले यो व्यवसायका अलावा बङ्गारा कटान गाउँमा थारु होम स्टे (थारु घरवास) सञ्चालन गरिरहनुभएको छ ।

    थारु होम स्टेमा थारु समुदायको परम्परागत खानका परिकारले पाहुनाको स्वागत गर्ने गरिन्छ । उहाँले भन्नुभयो, “होमस्टेमा थारु सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएकोमा कोरोना भाइरसको महामारीसँगै सांस्कृतिक कार्यक्रम भने बन्द गर्यो ।

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer