काठमाडौं । नेपालीहरूको वार्षिक आम्दानी १,४५६ अमेरिकी डलर अर्थात् झन्डै १.९५ लाख नेपाली रुपैयाँ अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार नेपालीहरूको औसत आम्दानी झन्डै १६,००० र प्रतिदिन ५०० रुपैयाँ हुन्छ । तथ्याङ्क कार्यालयले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयको छुट्टाछुट्टै मापन गर्ने गर्दछ ।
गत वर्षको भन्दा नेपालीहरूको औसत प्रतिव्यक्ति आय भने ५७ डलर अर्थात् ७,६०० रुपैयाँले बढेको देखिएता पनि यसको मापन अमेरिकी डलरमा गरिँदा नेपाली रुपैयाँको तुलनामा कहिलेकाहीँ आयको वृद्धिदर समान नदेखिन पनि सक्छ । केन्द्रीय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार नेपालीहरूको औसत प्रतिमहिना आम्दानी झन्डै १६,००० र प्रतिदिन ५०० रुपैयाँ हुन्छ। कार्यालयका अनुसार नेपालीहरूको औसत आम्दानी केही वर्षयता बढ्दो क्रममा छ। तर यसको मापन अमेरिकी डलरमा गरिँदा नेपाली रुपैयाँको तुलनामा कहिलेकाहीँ आयको वृद्धिदर समान नदेखिन सक्छ।
सबै प्रदेशमा बस्ने नेपालीहरूको औसत आम्दानी समान छैन । बागमती प्रदेशमा बस्ने मानिसको औसत वार्षिक कमाइ ३.३० लाख भन्दा बढी र मधेश प्रदेशवासीको १.१८ लाख मात्रै हुने ठानिएको छ । बागमती प्रदेशमा बस्नेहरूको औसत कमाइ ३.३० लाख भन्दा बढी अथवा अन्य प्रदेशमा बस्नेहरूको भन्दा धेरै छ भने मधेश प्रदेशवासीको १.१८ लाख मात्रै देखिएको छ । बागमती प्रदेशमा बस्नेहरूको आधा पनि कमाइ गरेका छैनन् मधेश प्रदेशवासीले । उसो त सबै प्रदेशमा बस्ने नेपालीहरूको औसत आम्दानी समान छैन।
तथ्याङ्क कार्यालयले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयको छुट्टाछुट्टै मापन गर्छ।
कुन प्रदेशमा आम्दानी कस्तो छ?
केन्द्रीय तथ्याङ्क कार्यालयले प्रतिव्यक्ति आयजस्तै हरेक प्रदेशको कुल गार्हस्थ्य उत्पादनलाई उक्त प्रदेशको कुल जनसङ्ख्याले भाग गरेर उक्त प्रदेशका मानिसहरूले हरेक वर्ष कति कमाइ गरेका छन् भनेर हेर्ने गरेको छ।
यो आर्थिक वर्षको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा थोरै मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान उक्त कार्यालयले गरेको छ।
अमेरिकी डलरमा यो आर्थिक वर्ष बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २,४८४ छ भने मधेश प्रदेशको ८९२ हुने प्रारम्भिक अनुमान छ।
कुल गार्हस्थ्य आम्दानीमा सबैभन्दा कम योगदान रहे पनि जनसङ्ख्या कम हुँदा कर्णालीमा मानिसहरूको औसत कमाइ सबैभन्दा कम छैन
बागमती प्रदेशपछि धेरै कमाउने गण्डकी प्रदेशमा बसोबास गर्ने मानिसहरू छन्।
यो प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५५७ डलर छ । सातमध्ये पाँच प्रदेशका मानिसहरूको औसत कमाइ भने नेपालीहरूको औसत कमाइभन्दा न्यून छ।
कार्यालयका अनुसार नेपालभरिको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४३४ डलर छ भने कोशी प्रदेशको १,३३६ डलर, लुम्बिनी प्रदेशको १,१५९ डलर, सुदूरपश्चिम प्रदेशको १,१११ डलर, कर्णाली प्रदेशको १,०६६ डलर छ ।






