काठमाडौं । सन् १९६० मा स्थापना भएको हाल ७० भन्दा बढी ठाउमा उडान गर्ने गरेको र हवाई यातायातको संसारमा दशौं नंवरमा रहेको छ थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेज । सन् १९६८ देखी नेपालमा उडान शुरु गरेको थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेज उडान यात्रा कोरोनाका कारण मार्च २०२२ मा रोकिएको थियो । यसैविच थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा सेवा पुनः सुरु गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि औपचारिकरूपमा सेवा सुरु गरेको जानकारी दिएको हो ।
थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।
स्थानीय बजार अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस थाई एयरवेजका लागि साझेदार बनेको छ । नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाई एयरवेजले २०२३ डिसेम्बर १५ मा दोस्रो दैनिक उडान सुरु गरेको कम्पनीले जनाएको छ ।
थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भन्नुभयो, ‘काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रा लागि शौभाग्यको कुरा हो । यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ । हामीले सन् १९६८ मा नेपालका लागि पहिलोपटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदान–प्रदान प्रवद्र्धन गर्ने एउटा माध्यम बनेको छ । हामी यो महत्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।’ हाल थाई एयरवेजसँग कुल ७३ विमान छन्, जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।




