• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एकै ठाउँमा १ सय ८ बरपिपल चौतारा बनाईयो


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • पर्वत । बरपिपलका चौतारा लगाउनु धार्मिक मात्रै नभै पर्याबरणीय हिसाबले पनि महत्वपुर्ण रहदै आएको छ । झन चौतारामा लगाईने पिपलको त वातावरणीय महत्व धेरै रहेको छ । पिपलको वृक्षले अरुको तुलनामा ७० प्रतिशत बढी सम्म अक्सिजन दिन्छ भन्ने मान्यता रहेको पाईन्छ ।

    Advertisement

    पछिल्लो समय बरपिपलका रुख हराउँदै गएकाले पर्वतको एक स्थानमा भने १०८ बरपिपल चौतारी निर्माण गरी संरक्षण थालिएको छ । धार्मिक एवं पर्यावरणीय हिसाबले महत्वपूर्ण मानिएका बरपिपल संरक्षणका लागि पर्वतको कुस्मा नगरपालिका–१२, बाटुलेचौरमा संरक्षण थालिएको हो ।

    कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र कालिका गुठीको पहलमा विभिन्न व्यक्तिको सहयोगमा चौतारी निर्माण गरी बरपिपल र शमीका बिरुवा रोपिएको छ । आफ्ना कुलको उद्धारका लागि भन्दै विभिन्न व्यक्तिबाट प्रतिचौतारी १० हजार रकम सङ्कलन गरी चौतारी निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बाटुलेचौर क्षेत्र पुरानो धार्मिक स्थल भएकाले मन्दिरको नजिकमा बरपिपल चौतारी निर्माण गरिएको हो ।

    “प्रत्येक चौतारीको न्यूनतम १० हजार रुपियाँ लिएर काम सुरु गरेका हौँ,” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद पौडेलले भन्नुभयो, “साना खालका चौतारी बनाएर बरपिपल र शमीका बिरुवा हुर्काएका छौँ ।” अहिले सबैको मागबमोजिम १२४ चौतारी पुगिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताउनुभयो । हिन्दु धर्ममा शनिबार र शनि त्रयोदशीमा बरपिपलको पूजा गरेमा सन्तान प्राप्ति हुने साथै मनोकाङ्क्षा पूरा हुने र कुल उद्धार हुने बताइन्छ । पछिल्लो समय बरपिपल लोप हुँदा पूजा गर्नसमेत समस्या भएकाले एकै ठाउँमा १०८ चौतारी बनाएर रोपिएको उहाँको भनाइ छ । “विकास निर्माणको तीव्रतासँगै गाउँघरमा रहेका बरपिपलका चौतारी मोटरबाटोले नासिएका छन्,” उहाँले भन्नुभयो, “केही ठाउँमा रुख भए पनि सडक नै अन्यत्रैबाट बनेपछि तिनको उपयोगसमेत हुन छाडेको छ ।”

    चौतारी निर्माण गर्नेले पितृको नाउँमा बनाइदिन समितिलाई रकम प्रदान गर्ने र समितिले सोही रकमबाट चौतारी बनाइदिने गरेको हो । अहिले चौतारी बनाउनेको माग अत्यधिक भए पनि ठाउँ र संरक्षणको समस्या हुँदा बन्द गरिएको अध्यक्ष पौडेलको भनाइ छ । चौतारी निर्माणका लागि हालसम्म १२ लाख ४० हजार खर्च भएको छ । केही व्यक्तिले संरक्षणका लागि बढी रकम दिए पनि त्यही रकमबाट नियमित रेखदेख र मर्मतसम्भार गरिएको समितिले जनाएको छ । सानो ठाउँमा बरपिपल हुर्काउन समस्या हुने भए पनि त्यसको कटनी÷छटनी गरी मिलाउने गरी संरचना निर्माण गरिएको छ । टाढा टाढा बनाउँदा संरक्षण गर्न समस्या हुने भएकाले नजिकमा बनाएर बिरुवाको व्यवस्थापन गर्ने पौडेलले बताउनुभयो । अहिले १०८ वटा पिपल चौतारी, आठ बर र आठ शमीका चौतारी रहेका छन् ।

    एकै ठाउँमा बरपिपल चौतारी बनेपछि मन्दिरमा आउने धर्मावलम्बी बढेका छन् । पूजाका लागि पर्वतका विभिन्न स्थानका साथै स्याङ्जा, कास्की, बागलुङलगायतका ठाउँबाट समेत श्रद्धालु आउने गरेका छन् । अहिले चौतारीको संरक्षणका साथै सबै चौतारीमा पुग्न बाटो बनाउने कामसमेत भएको छ ।(आमसंचार)

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer