• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रेस युनियनको शुभकामना आदान–प्रदान


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले सोमबार शुभकामना आदन–प्रदान एवं सम्मान कार्यक्रम आयोजना गरेको छ ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले प्रेस र अभिब्यक्ति स्वतन्त्रता लोकतन्त्रको पर्याय भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक ब्यवस्थामा मात्र प्रेस र अभिब्यक्ति स्वतन्त्रताको सम्मान हुने धारणा राख्नुभयो ।

    वर्तमान अवस्थामा सरकारी सञ्चार माध्यमले थप जिम्मेवार भएर आम जनताप्रति उत्तरदायी बन्दै समाचार सामग्रीहरु पस्किनु पर्ने बताउनुभयो । पूर्व सूचना आयुक्त समेत रहनु भएका पोखरेलले सरकारी सञ्चार माध्यम भनेको जो सत्तामा हुन्छ उसैको हो भन्ने भाष्य निर्माण भएकाले त्यसलाई चिर्दै आगाडि बढ्नु पर्ने बताउनुभयो ।

    उहाँले वर्तमान समयमा सामाजिक सञ्जालले पस्कने भ्रामक समाचारले आम जनतालाई दिगभ्रमित पारिरहको अवस्थामा सही सूचना प्रदान गर्न सकेमा लोकतन्त्र थप सुदृढ हुने विश्वास ब्यक्त गर्नुभयो ।

    गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र सधैं राज्य र जनताप्रति जवाफदेही रहँदैआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गोरखापत्र संस्थानका प्रकाशनले सही र प्रमाणित समाचार, समसामयिक विचारहरु पस्केर एकातार्फ ब्यावसयिक पत्रकारिताको धर्म निर्वाह गर्दैआएको छ । अर्कोतर्फ यसले बजारको प्रतिस्पर्धा खरो उत्रेर आफ्ना खर्चहरुको ब्यवस्थापन गर्दै नाफा समेत आर्जन गरेर बार्षिक करोडौं रुपियाँ सरकारलाई कर तिर्दै आएको छ ।’’

    आगामी दिनमा पनि गोरखापत्रले आफ्नो पेशागत निष्ठाप्रति अविचलित भएर अगाडि बढ्ने बताउनुभयो । संस्थानलाई थप सुदृढ बनाउने काममा नीतिगत सुधारको काममा वर्तमान ब्यवस्थापन लागिरहेको प्रष्ट पार्नुभयो ।

    नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवि पत्रकारको हक अधिकारका लागि प्रेस युनियन सधैं अग्रपङ्तिमा रहँदैआएको बताउनुभयो । प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष राधा चालिसेले गोरखापत्रको श्रमजीवि पत्रकारका हक अधिकारका लागि युनियनले ब्यवस्थापनसँग राख्दै आएका केही माग पूरा भएको र केही पूरा गर्न बाँकी रहेको बताउनुभयो ।

    गोरखापत्र प्रतिष्ठान शाखाका पूर्व अध्यक्ष सरोज अधिकारीले युनियनको प्रतिष्ठान शाखा स्थापनाको लागि गर्नुभएको विशेष योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको छ ।

    सो अवसरमा गोरखापत्र दैनिकका सहसम्पादक स्वर्गीय शेषकान्त पण्डितको छोरी समृद्धि पण्डितको शिक्षाका लागि पर्यटन ब्यवसायी श्याम चालिसेले उपलब्ध गराउनु भएको २५ हजार रुपियाँको सहयोग युनियनका कोषाध्यक्ष सुकृत नेपाललाई हस्तान्तरण गर्नुभयो ।(गोरखापत्र)

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer