• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आन्तरिक पर्यटनको केन्द्र बन्दै “टौदह”


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिकास्थित दक्षिणकाली जाने बाटोको दक्षिण-पुर्वपट्टी एउटा ताल छ । यस ताललाई स्थानीय भाषामा टौदह भनिन्छ ।  करीब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई भएको यस तालको सम्पूर्ण भाग आँखाले सजिलै हेर्न भने सकिँदैन । टौदहको बीचमा नाग मन्दिर रहेको छ । जसमा केही रूखहरू रहेका छन् ।

    Advertisement

    रमाईलो के छ भने यस पोखरीको आकार करिव-करिव काठमाडौ उपत्यकाको आकारसंग मिल्दो-जुल्दो छ । पोखरीको वनाबट अस्टकोण को रुपमा रहेको छ भने पोखरीको डिलमा उभिएर हेर्दा, कुनै पनि ठाउबाट यसको पुरै रुप एकैपटक देख्न सकिदैन ।

    विगतको तुलनामा ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरु संख्या बडेको श्री कर्कोटक नागराजा नागरानी बासस्थान टौदह समाजका सचिव राम प्रसाद आचार्य बताउनु हुन्छ । अन्य दिन २००/३०० को संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेका छन् भने विदाको दिन वा शनिवार ५०० भन्दा बढी र बैशाख १ गते, विजया दशमी, नाग पञ्चमी वा अरु कुनै विशेष दिन वा चाडपर्वमा दैनिक १०००/१२०० संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको सचिव आचार्य बताउनु हुन्छ ।

    श्री कर्कोटक नागराजा नागरानी बासस्थान टौदह समाजले प्रतिव्यक्ती रु ३० लिएर ताल प्रवेश गर्न पाईने नियम बनाएको छ । तालको वरपर ठुलो मात्रामा माछाको दाना बेच्ने मानिसहरु बस्ने गरेका छन् । पहिला-पहिला माछालाई भुजा वा मसौरा दिने गरेकोमा माछाको स्वास्थ्यमा नकारात्मक असर परेकोले माछालाई दाना दिने गरिएको टौदह समाजले बताएको छ । मन्दिर किनारामा दाना बेच्ने प्रत्येकबाट दिनको रु ५० समाजले लिने गरेको बताउनु हुन्छ सचिव आचार्य । पानीको स्थायी स्रोत नहुदा हिउदमा तालको पानीको सतह घट्ने गरेको र यसका स्थायी समाधानका लागी नेपाल सरकार, स्थानीय सरकार आदीले चांसो राख्नु पर्ने उहाको भनाई रहेको  छ ।

    ताल निर्माणसंग सम्बन्धित किंवदन्तीहरु

    टौदह नेपाल भाषा बाट आएको शब्द हो । ‘टौ’ को अर्थ नाग र ‘दह’ को अर्थ पोखरी हुन्छ भने केही जानकारहरूका अनुसार “टौ” को अर्थ ठूलो र “दह”को अर्थ पानी जमेर बनेको पोखरी हुन्छ । यसरी हेर्दा टौदहको अर्थ नागराज बस्ने पोखरी सङ्ग नजिक देखिन्छ । टौदहमा निर्मित विभिन्न संरचना र मुर्तिहरू पनि नागसँग सम्बन्धित भएकोले पनि यो नागराजको पोखरी भन्ने किंवदन्ती अनुसार सजिलै मेल खान्छ ।

    नेपाल खाल्डोको पानी बाहिर गइसकेपछि बनेका प्राकृतिक ताल कीर्तिपुरको टौदह र धापाखेलको नागदह हुन् । टौदह काठमाठौंबाट ७ कि.मि.को दूरी दक्षिणकाली जाने बाटोमा पर्दछ । टौवगुको अर्थ नेपालभाषामा ठूलो र दह भन्नाले पानी जमेर बनेको ठूलो पोखरी हो । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको टौदहले बुगद्यो रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । कर्कट नागको वास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ ।

    किम्दबन्ती अनुसार कर्कट नागराजकी पत्निको आखाँमा समस्या आएर उनी साह्रै बिरामी भईछन् । अनेक उपचार गर्दा पनि निको नभएपछि उपचार गर्ने ठाउँ र विधि खोज्ने क्रममा नागराजले पाटनमा एक जान्ने नामी वैद्य छन्, उनले जस्तो रोग पनि निको पार्छन् भन्ने सुनेछन् । र, अर्को दिन बिहानै नागराज ती वैद्यको घर पुगेछन् । श्रीमतीको अवस्थाको बेलि- विस्तारलाई आफूसँग जान आग्रह गरेछन् । नागराजाको आग्रह स्विकार्दै वैद्य नागराजासङ्ग टौदह पुगेछन् र रानीको उपचार गरी दिएछन् ।

    वैद्यको उपचारले रानी सन्चो भएपछि नागराजले खुशी हुँदै वैद्यलाई टल्किने भोटो प्रदान गरेछन् । भोटो सुन्दर चम्किलो रहेछ । वैद्य सधैँ त्यही भोटो लगाएर हिँड्न थालेछन् । वैद्यले लगाएको त्यो भोटो एउटा भुतले देखे छ । भोटो उसलाई औधी मन परेछ र उसले भोटो चोर्ने निर्णय गरेछ । एकदिन वैद्यले खेत खन्दै गर्दा भोटो निकालेर आलीमा राखेछन् । त्यसै बेला भुतले उक्त भोटो चोरेर भागेछ । चोरलाई खोज्दै हिँडेका वैद्य हरिशिद्दद्को जात्रामा पुगे छन् । त्यहाँ चोर भुतलाई भेटेछन् । भोटो मागे छन् । भुतले मेरो भोटो र वैद्यले मेरो भोटो भन्दा झगडा हुन पुगेछ । यसरी झगडा भएपछि जात्रा हेर्न आएका राजा सिद्विनरसिंहले भोटो पुजारीलाई दिएछन् र भनेछ्न्, ‘भोलि यो भोटो माग्न साक्षी लिएर जो आउँछ उसैलाइ दिनु ।’ राजाको यो निर्णय पछि वैद्य टौदह पुगि नागराजलाई सबै बेलिबिस्तार लगाई साक्षी बसिदिन आग्रह गरेछन् । नागराजले भनेछन् – ‘म भोलि सबैभन्दा अग्लो मान्छेको रूप लिएर त्यहाँ आउने छु । मलाई खोज्नु र राजा सङ्ग भेटाउनु म साक्षी बसिदिन्छु ।’ अर्को दिन वैद्य र नागराज दुवै जात्रामा पुगेछन् तर वैद्यले नागराजलाई चिन्न सकेनछन् । भोटो लिन पनि सकेनछन् । त्यस बेलादेखि पुजारीले यो भोटो कस्को हो भनी देखाउन थालेछन् र हाल सम्म यो भोटो कसैले आफ्नो हो भनी साक्षी नल्याएकाले प्रत्यक बर्ष भोटो जात्रा देखाउने गर्न थालियो भन्ने मान्यता रहेकाे छ ।

    अर्को किंवदन्ती अनुसार टौदह बन्नुको पनि आफ्नै कारण देखिन्छ । “मञ्जुश्रीले काठमाडौंमा बस्ती बसाउन चोभारको डाँडो काटेसङ्गै काठमाडौ भित्र भएका माछा, भ्यागुता, सर्पहरू बग्न थाले । यसरी बग्नेमा नागहरू पनि परे । यसरी नागहरू सबै काठमाण्डौंबाट बगेपछि काठमाण्डौंलाई अनिष्ट हुने भन्दै कर्कट नागराजले मञ्जुश्रीलाई बिन्ती गरे, कर्कट नागराजको बिन्ती सुनेर काठमाण्डौंको भलो गर्नुको साथै नागराजलाई बास दिनका लागि टौदह निर्माण गरे । यसरी टौदह बनाउनका लागि मञ्जुश्रीले तीन पटक खनेर पोखरी बनाईदिए । यसरी तीन पटक फरुवा बाट खनेको माटो उत्तर तिर फाल्दा हाल ह्वाइट हाउस भनेर चिनेने बुस्टन डाँडो बन्यो र खनेको ठाँउमा टौदह बन्यो । जुन दहमा कर्कट नागराजलाई बस्न ठाउँ प्रदान गरियो ।”

    टौदह वरिपरीको माटो मलिलो र उब्जाउयुक्त भएकोले मानिसहरू दह वरिपरी बसोबास गर्न थाले र बस्ती बक्लिदै गयो । टौदह वरिपरी सिमसार थियो जहाँ धेरै धान फल्ने हुँदा काठमाडौं भरीलाई खान पुग्थ्यो । अहिले भने घर मात्र फलेका छन् । टौदह हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाकाे केन्द्र पनि हो । नागराजाको बास भएकाले टौदहमा नागपञ्चमिका दिन विषेश मेला लाग्छ । हिन्दु परम्पराअनुसार टौदहमा नाग पुजा गरिन्छ भने बौद्ध लामाहरू त्यहाँ अनुष्ठान गर्छन् । र, पुजा पछि माछा चढाउँछन् । टौदहमा चढाइएको माछा खान, बेच्न र मार्न नहुने, यदि यसो गरेको खण्डमा अनिष्ट हुने जनविश्वास रहि आएको छ । प्राकृतिक तथा धार्मिक रूपले ठूलो महत्व बोकेको यस ताल वरपर बनेका संरचनाले भने ताल वा दहको अस्तित्वमा चिन्ता प्रकट गरेको छ ।

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer