• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘बजेट निजी क्षेत्र मैत्री नै छ, कार्यन्वयनमा जोड दिनुपर्छ’: उपाध्यक्ष उर्मिला श्रेष्ठ


  •   बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले आगामी आर्थिक वर्ष २०८१ ०८२ को लागि सरकारद्वारा प्रस्तुत बजेट निजी क्षेत्र मैत्री नै रहेको बताउनु भएको छ । राज्यदैनिकसँग कुरा गर्दै उहाँले बजेटले निजी क्षेत्रका धेरै विषयहरूलाई समेटेको बताउनुहुँदै आर्थिक वर्ष २०८१/०८२ को बजेटले निजी क्षेत्रले उठाएको सुधारको माग अनुरुप नयाँ चरणको सुधार र आयोग बनाउने सरकारको घोषणा सकारात्मक रहेको टिप्पणी गर्नुभयो ।

    Advertisement

    यस्तै, सानो बचतबाट लगानी कम्पनी स्थापना गरि विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने विषय बजेटमा समेटिनु सकारात्मक भएको र यसले नेपाल चेम्बरले उठाउदै आएको साना व्यापारीहरुको हितमा बजेट आउनुपर्ने भन्ने बिषयलाई सम्बोधन गरेको आफुले महशुस गरेको उहाँले बताउनुभयो । यसबाट महिला उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको गर्न दिने विषय, पर्यटनमा वैवाहिक पर्यटन (एमआईईसी) र हिल स्टेशन विकास गर्ने विषय तथा सूचना प्रविधि र स्टार्टअपमा केही सहुलियत र विस्तारका योजना, प्रधानमन्त्री छोरी कार्यक्रम जस्ता नविन कार्यक्रम आउँदा आर्थिक र सामाजिक दुवै नजरले सकारात्मक रहेको आफुले पाएको उहाँले जनाउनु समेत भयो । ‘सरकारले बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरेको छ, स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ । मूल्य अभिवृद्धि कर छुट दिएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कर आधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज भएको छ । आलु, प्याज, स्याउ लगायतका तरकारी एवम फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको भएको छ । यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास मैले लिएको छु’ बजेट बारे समिक्षा गर्दै उहाँले भन्नुभयो ।

    सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा सरकार र निजी क्षेत्र मिलेर अघि बढेको खण्डमा त्यो लक्ष्य सहजै पुरा हुने पनि उहाँले बताउनुभयो । केही व्यवस्था आशा लाग्ग्दा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ’, स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तःशुल्कमा वृद्धि गर्ने नीति लिनु, उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था मिलाउने बजेटमा उल्लेख हुनुलाई मैले आशा लाग्दो रुपमा लिएको पनि छु’ । हाम्रोमा सरकारसँग स्रोतको कमी हुँदै आएको जगजायर नै छ । बाह्य ॠण १७. २७ र आन्तरिक ॠण २६।१८ प्रतिशत ॠण लिई बजेटको लक्ष्य पुरा गर्ने सरकारले नीति लिएको छ । यो पुरा होस् कामना नै छ, तर पनि यथार्थमा जानुपर्दा र ख्याल गर्नुपर्ने बिषय के छ भने बाह्य ॠणलेले दिर्घकालिन असर गर्न सक्छ भने आन्तरिक ॠणले तरलतामा प्रभाव पर्छ र बैंकको ब्याजदर बढन सक्छ ।त्यसैले ॠण लिएर वितरणमुखी बजेट ल्याउनु भन्दा ॠण कम गर्दा अझ राम्रो हुन जान्छ र मुख्य कुरा नेपाल चेम्बरले दिएका अधिकांश सुझावहरुलाई सरकारले समेटेको हामीले पाएका छौँ’ बजेट समिक्षा गर्दै उपाध्यक्ष श्रेष्ठले प्रारम्भिक अध्ययनका क्रममा बजेट निजी क्षेत्र मैत्री नै रहेको आफुले पाएको र सोको कार्यन्वयनमा जोड दिनुपर्ने राय राख्नुभयो ।

    उहाँले गहुँको आयात गर्दा धेरै रकम जगेडामा बस्ने साथै गहुँको आयातमा २.५ प्रतिशतको र मैदा पिठोको आयातमा १.५ प्रतिशत मात्र अग्रिम कर कट्टी राखिदा स्वदेशी उद्योगहरुलाई असर पर्ने धारणा समेत राख्नुभयो । साथै उहाँले पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइनु वातावरणिय दृष्‍टिले राम्रो भएता पनि लागत बढन गई उपभोग्य र अत्यावश्यकिय वस्तुको लागत समेत बढने हुँदा महंगी थप बढन सक्ने प्रक्षेपण उहाँले गर्नुभएको छ

    बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer