काठमाडौं । पछिल्लो समय नेपालको राजनीति गज्जबको हुदै आएको छ, बजेट बितरणका हिसाबले । सरकारका बलिया मन्त्रीहरु को को हुन, ति कहाका हुन भन्ने बुझ्न बजेटको बितरणले प्रष्ट देखाउछ । यसमा चरम राजनीति हुने गरेको कारण यसपाली पनि स्थानिय तहहरु निक्कै रुष्ट देखिएका छन । यस्तैमा मुगुको छायाँनाथ रारा नागरपालिकाले पनि बजेटमा राराको विकासलाई प्राथमिकतामा नराखेको भन्दै सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ ।
सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गरेका हुन्।
कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल र नेपालको सबैभन्दा ठूलो ताल (स्वर्गकी अप्सरा) उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको भन्दै उनले रारा प्रवेशमा रोक लगाएका हुन्।
रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरुले ध्यान नदिएको उनको भनाई छ।
एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उनले आरोप लगाएका छन्। आन्तरिक तथा वाह्वय पर्यटकलाई भने रारामा स्वागत गरिएको बताएका छन्।
यस अगाडि काठमाडौं महानगरका मेयर बालेन शाहले पनि नगर विकासका लागि संघीय सरकारका मन्त्रीहरूलाई यसरी नै विरोध जनाउँदै आएका थिए।




