• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बेलायती वैज्ञानिकको दावी, कोरोना जस्तो अर्को महामारी आउने


  •   बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

    Advertisement

    उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए । द गार्डियनको रिपोर्टका अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले भने, ‘हामीले सुरुमा खतराहरू पत्ता लगाउन राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक छ ।’

    भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला यो उपयुक्त समय भएको बताए । महामारीको खतरालाई चुनावमा मुद्दा बनाउनु महत्त्वपूर्ण छ। उनले चुनावपछि आउने सरकारलाई महामारीको अवस्थामा छिटो निदान परीक्षण, खोप छिटो उपलब्ध गराउने जस्ता विषयमा काम गर्न सुझाव दिएका छन् ।

    भ्यालेन्सले २०२१ मा जी ७ देशका नेताहरूको बैठकमा भने, ‘महामारीको बिरूद्ध एकजुट हुनु आवश्यक छ। यसका लागि हामीले र्‍यापिड डाइग्नोस्टिक टेस्ट, र्‍यापिड भ्याक्सिन र र्‍यापिड ट्रिटमेन्ट गर्नुपर्छ ताकि खतरा कम गर्न सकियोस् ।’

    भ्यालेन्सले जी ७ ले २०२३ सम्ममा उनको सल्लाह बिर्सिएको आरोप लगाए । उनले जी ७ वा जी २० देशको एजेन्डाबाट महामारीको विषयलाई हटाइयो भने अवस्था पहिले जस्तै हुनसक्ने बताए। उनले महामारीलाई युद्ध जस्तै सामना गर्नुपर्ने बताए ।

    उनले भनेका थिए – ‘हामीसँग सेना छ । यो यस वर्ष युद्ध हुने भएकोले होइन । बरु, हामी जान्दछौं कि यो राष्ट्रको अस्तित्वको लागि आवश्यक चीज हो। त्यसैगरी हामीले महामारीलाई पनि हेर्नुपर्छ। यसको सामना गर्न हामी सधैं तयार हुनुपर्छ ।’

    उनले कोरोनाको दोस्रो चरणमा सुनकले मानिसलाई मर्न छोडेको आरोप लगाएका थिए ।

    यद्यपि, भ्यालेन्सले सुनक सरकारको धुम्रपान विरोधी विधेयकको प्रशंसा गरेका छन्। यो विधेयक पारित भएपछि बेलायतका नाबालिग युवाहरूले सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् । हाल बेलायतमा चुरोट किन्नको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ ।

    सुनक सरकार हरेक वर्ष यसलाई बढाउन चाहन्छ । तर, भ्यालेन्सले निर्वाचनअघि विधेयक पारित नहुनेमा आफू निराश भएको बताए ।

    प्याट्रिक भ्यालेन्स अप्रिल २०१८ देखि २०२३ सम्म बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार रहेका थिए । उनको कार्यकालमा बेलायतलगायत सम्पूर्ण विश्वले कोरोनाको प्रकोपको सामना गर्नुपरेको थियो । यस अवधिमा भ्यालेन्सले बेलायती सरकारलाई कोरोनाविरुद्ध नीति बनाउन मद्दत गरे। उनको उपलब्धिको लागि, उनलाई सन् २०२२ मा ‘सर’ उपाधि दिइएको थियो ।

    बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer