• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्थानीयको सहभागिता नै लुम्बिनीको विकास


  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । सरोकारवालाहरुले स्थानीयको सहभागिता र सहकार्यबिना लुम्बिनीको विकास र समृद्धि सम्भव नभएकोमा जोड दिनुभएको छ ।

    Advertisement

    लुम्बिनी विकास कोषले लुम्बिनीमा पहिलो पटक आयोजना गरेको स्थानीयसँग लुम्बिनी कार्यक्रमअन्तर्गत समस्या पहिचान सम्भावना र समाधान विषयक कार्यशाला गोष्ठीमा सहभागी अधिकांशले लुम्बिनीको विकासमा स्थानीयको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

    गौतम बुद्धको जन्मस्थल लुम्बिनीका स्थानीयसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । उहाँले कोष र स्थानीयबीच आपसी समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कोषाध्यक्ष भट्टराईले नीतिगत रुपमा स्थानीय समुदायसँग सहकार्य गरी सँगसँगै अगाडि बढ्नका लागि स्थानीयसँग लुम्बिनी कार्यक्रम राखिएको बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषसँग स्थानीयबीच संवाद र छलफल नहुँदा कतिपय विषयमा एकमत हुन नसकेको भन्दै स्थानीयको समस्या पहिचान गर्ने र समाधान गर्ने गरी स्थानीयसँग लुम्बिनी कार्यक्रम गरिएको बताउनुभयो ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर–उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनीको विकास र समृद्धिका लागि नगरपालिका सहयोग गर्न तयार रहेको तर समन्वय र सहकार्य नहुँदा समस्याहरु देखापरेको बताउनुभयो । उपप्रमुख हरिजनले विकास कोषबाट स्थानीयलाई लाभका कार्यक्रम सँगसँगै सहकार्यात्मक योजना अगाढि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल शाक्यले बुद्धजन्मस्थल लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गरेर आफूहरुले बौद्धशिक्षा र दर्शनलाई अगाडि बढाउने काम गरेको बताउनुभयो ।

    लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले स्थानीयको समस्यामा आफूहरु संवेदनशील रहेको बताउँदै समस्याहरुको पहिचान गरी समाधान गर्ने गरी योजना बनाउन कार्यशाला सफल हुने बताउनुभयो । उहाँले स्थानीयहरुको लुम्बिनी विकास कोषसँग गुनासाहरु बारम्बार आइरहने भएकाले स्थानीयसँग छलफल गर्न थालिएको बताउनुभयो ।

    गोष्ठीमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले लुम्बिनी धार्मिक तथा साँस्कृतिक आस्थाको केन्द्र हुँदाहुँदै मायादेवी मन्दिरमा सदिऔंदेखिको परम्परागत पूजापाठमा रोक लगाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीयसँगको दूरीले लुम्बिनी बिकस कोष बेथितीको अखडा भयो, सहकार्य गरौँ, त्यसले समृद्धिको पथमा अगाडि बढ्न सहयोग पुग्नेछ ।”

    कार्यक्रममा लम्बिनी होटेल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली, पर्यटन व्यवसायी बिष्णु बस्नेतलगायतले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रमात्रै विकास भएको, स्थानीयसँग सहकार्य र समन्वय नभएको, विकासमा पालिकासँग समन्वय र सहकार्य बढाउनुपर्ने, मायादेवीमन्दिर क्षेत्रमा परम्परादेखि गरिँदै आएको पूजाआजालाई सहजबनाउनुपर्ने लगायतका सुझाव दिनुभयो ।

    त्यसअवसरमा यूएनडिपि गण्डकी लुम्बिनीका निर्देशक सुदीप अर्याल, वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिएंव स्थानीय सरोकारवालाहरुले पनि सुझावहरु राख्नुभएको थियो ।

    कार्यशालाले स्थानीयको समस्या र सुझावसहितको प्रतिवेदनतयार पार्नका लागि सुदीप अर्यालको संयोजकत्वमा नौ सदस्यीय समन्वय समिति गठन गरेको छ । समितिमा प्रभात सापकोटा, बलबहादुर आचार्य, गङ्गाराम कहार, रामविकास चौधरी, पुरुषोत्तम अर्याल, सन्तोष गिरी, बब्लु गुप्ता र कमलेश बर्मा रहनुभएको छ । समितिले समस्या पहिचान गरेपछि अर्को चरणमा फेरि गोष्ठि गरेर कार्ययोजना तयार पार्ने जनाइएको छ ।

    शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer