काठमाडौं । स्थानीय र पश्चिमी वायुका साथमा भारत विहारको आकाशमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज ५ वटा प्रदेशमा वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशी, वागमती र गण्डकीका थोरै तथा मधेश र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




