काठमाडौं । स्थानीय र पश्चिमी वायुसँगै भारत उत्तरप्रदेशको पश्चिमदेखि बंगलादेशको पश्चिमसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभावका कारण आज नेपालमा पनि वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।
Advertisement
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, वागमती र गण्डकीका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
आज राति कोशी र वागमतीसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र वागमतीमा थोरै तथा बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




