काठमाडौं । आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार स्थानीय र पश्चिमी वायु तथा भारत उत्तरप्रदेशको पश्चिमी इलाकादेखि बंगलादेशको पश्चिमसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभावका कारण कोशी, मधेश, वागमती, गण्डकी र कर्णालीका केही स्थानमा वर्षाको सम्भावना देखिएको हो।
आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र कर्णालीलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। यस्तै, कोशी, मधेश, वागमती, गण्डकी र कर्णालीका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती र गण्डकीलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी, मधेश र गण्डकीका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




