• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सर्वोच्चको फैसला बालेन्द्र शाहसहितका लागी राहत


  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित देशभरका स्थानीय तहका सवा लाख उम्मेदवारको राजनीति जोगिने गरी फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ।

    Advertisement

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले गरेको फैसलाले १ लाख २३ हजार ६२४ जना उमेदवारको पद र राजनीति जोगिएको हो।

    निर्वाचन आयोगले २०७९ भदौ ३१ गते समयमा चुनावी खर्च विवरण नबुझाएको वा ढिला बुझाएको भन्दै १ लाख २३ हजार ६२४ जना उमेदवारलाई जरिवाना तोकेको थियो। तीमध्ये निकै थोरै संख्याका उम्मेदवारले मात्र जरिवाना बुझाएका थिए।

    आयोगले २०७९ वैशाखमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेमध्ये न्यूनतम गाउँपालिकाका सदस्यहरूलाई १ लाख ५० हजार र अधिकतम महानगर प्रमुखहरूलाई ७ लाख ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो।

    ६ महिनाभित्र जरिवाना नबुझाए निर्वाचित पदाधिकारी पदमुक्त हुने भनिएको थियो। त्यस्तै निर्वाचित वा अनिर्वाचित सबै प्रकारका उम्मेदवार भविष्यमा ६ वर्षसम्म चुनाव लड्न नपाउने कानुनी व्यवस्था लागू हुने चेतावनी आयोगले दिएको थियो।

    आयोगको त्यस निर्णयविरुद्ध काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका थिए।

    उनले एक त समयमा नै निर्वाचन खर्च विवरण बुझाएको तर आयोगले हचुवाका भरमा जरिवाना तोकेको दाबी गरेका थिए। अर्कोतर्फ आयोगका उक्त निर्णय तथा काम कारबाही संविधानविपरीत र अन्यायपूर्ण रहेको उनको जिकिर थियो।

    साथै, राजकीय पदको उम्मेदवारको योग्यतामा संविधानले कल्पना नै नगरेको अनुचित बन्देज लगाएको तर्क बालेनको रिटमा गरिएको थियो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ (३) र २६ (५) मा आयोगले राजनीतिक दल वा उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन सक्ने, उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने र निर्वाचित भइसकेको व्यक्तिको निर्वाचन स्वतः बदर हुने व्यवस्था गरिनु पनि संविधानविपरीत भन्दै ती व्यवस्था खारेजीको माग गरिएको थियो।

    संवैधानिक इजलासले २०७९ फागुन ३ गते तत्काल जरिवाना नलिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशका कारण देशभरका अन्य जनप्रतिनिधि तथा उम्मेदवारलाई राहत मिलेको थियो।

    सर्वोच्च अदालतले कानुनका व्यवस्था खारेज गर्न अस्वीकार गरे पनि जरिवाना नतिरेका उम्मेदवार भविष्यमा चुनाव लड्नका लागि अयोग्यचाहिँ नहुने भनी व्याख्या गरेको छ।

    आयोगले तोकेको जरिवाना सरकारको सिफारिसमा २०७९ फागुनमा राष्ट्रपतिले मिनाह गरिदिएका थिए। मिनाहा पाइसकेपछि ती उम्मेदवार अयोग्य नहुने सर्वोच्चको ठहर छ।

    फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘निर्वाचन आयोगले खर्च विवरण नबुझाएवापत गरेको जरिवाना प्रशासनिक मौद्रिक जरिवानासम्म हुँदा आयोगले जरिवाना गरेका व्यक्तिले त्यस्तो जरिवाना नतिरेमा आगामी निर्वाचनमा उमेदवार हुन नपाउने अयोग्यतासम्म सृजना हुने हो। त्यस्तो निर्वाचनको विषयमा भएको जरिवाना राष्ट्रपतिबाट माफी भएपछि जरिवानाको कारण सृजना हुने अयोग्यता नै समाप्त हुन्छ। यसलाई फौजदारी कसुरमा सजाय भोगेको अवस्थासँग तुलना गर्न मिल्दैन।’

    कतिपय कानुनविद्ले राष्ट्रपतिबाट जरिवाना मिनाहा भए पनि कसुर माफी नहुने तर्क गरेका थिए। तर, सर्वोच्चले भने त्यो तर्क अस्वीकार गरेको छ।

    ‘मिनाहा भएको अवस्थालाई सजाय पाई सो सजाय भोगिसकेको भनी कठोर अर्थ गरी अयोग्यता कायम गर्न सकिने अवस्था हुँदैन। प्रशासनिक प्रकृतिको जरिवाना भएको अवस्थामा सो जरिवाना माफी भएपछि पनि जरिवानाको कारण सृजित अयोग्यता कायम रहन्छ भनी निर्वाचनमा सहभागी हुने संवैधानिक हकमा अंकुश लगाउनु विवेकसम्मत हुँदैन। यदि यस्तो कारणले भविष्यमा हुने निर्वाचनबाट कसैलाई वञ्चित गरिएमा यसले व्यक्तिको मताधिकार र राजनीतिक सहभागिताको हकमा प्रत्यक्ष असर पुग्न जान्छ,’ फैसलामा लेखिएको छ।

    महानगर प्रमुख बालेन्द्र शाहका पक्षबाट बहस गरेका अधिवक्ता ओमप्रकाश अर्यालले गत स्थानीय तहकाे निर्वाचनमा भाग लिएका १ लाख २३ हजार ६२४ जना उमेदवारले यस फैसलाबाट न्याय पाएको बताए। भविष्यमा चुनाव लड्न अयाेग्य बनाउन निर्वाचन आयाेगले गरेकाे निर्णय पनि निष्प्रभावी भएको उनको भनाइ छ।

    सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer