• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘पाँचखाल नगर, कृषि सहर’को नारा सार्थक वनाउन कृषिमा आधुनिक प्रबिधीको पर्खाईमा पाँचखाल


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । राजधानी काठमाडौं नजिकै रहेको, कृषि उत्पादनको लागी चर्चित शहर हो पांचखाल । बजारको सुबिधाले पनि होला, यहांका हरेक उत्पादनले सजिलै बजार पाउने गरेका छन । खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात रहेको काभ्रेपलाञ्चोकको पाँचखालका किसानहरुले कृषिमा आधुनिक तर्फ फड्को मार्न भने सकिरहेका छैनन । उनीहरु परम्परागत रुपमा गरिने खेती प्रणालीलाई विस्थापित गर्दै कृषिमा आधुनिकीकरणसँगै नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने बताउँदै आएका छन् ।

    Advertisement

    विभिन्न पक्षले पाँचखालको कृषिलाई आधुनिकीकरण गरिने जनाउँदै आइए पनि यहाँको खेतीप्रणालीमा कुनै सुधार नभएको पाँचखाल –६ का किसान केदार ढुङ्गानाको दुःखेसो छ । उहाँ भन्नुहुन्छ , “पुरानै खेतीप्रणालीले उत्पादन वृद्धि गर्न सकिरहेका छैनौँ, पर्याप्त रासायनिक मल उपलब्धतासँगै कृषिमा आधुनिकीकरणको आवश्यकता भइसक्यो ।” खेतीबालीका विषादी कम गर्दै लगिए पनि सबै किसानलाई जैविक विषादीतर्फ उन्मुख गराउनुपर्ने उहाँको भनाइ छ । करिब ७० प्रतिशत उत्पादनशील क्षेत्र रहेको पाँचखालमा हालसम्म पुरानै शैलीमा मौसमी आलु, गोलभेडालगायत तरकारी तथा धान, मकैलगायत खाद्यान्न उत्पादन हुँदै आएको छ ।
    ‘पाँचखाल नगर–कृषि सहर’का रुपमा परिचित गराउन नगरले ‘हरसम्भव प्रयासरत’ रहेको जनाउँदै आएको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै नगरले तीन वर्षअघि सम्झौता गरेअनुसार इजरायली नयाँ प्रविधिमा लगिने आशामा रहेको तर सम्झौतामै सीमित रहेकोमा स्थानीय दुःख व्यक्त गरिरहेका छन् । “यहाँको कृषि इजरायली प्रविधिमा लैजाने भनेर तीन वर्षअघि नेपालस्थित इरजायली दूतावास र पाँचखाल नगरबीच सहमति भएको थियो, त्यतिबेला हामी पनि उत्साहित भयौँ तर सम्झौतामै सीमित रह्यो”, पाँचखाल–३ का किसान ज्ञानबहादुर थापाले भन्नुभयो । उहाँ कृषिमा आधुनिकीकरणले उत्पादन बढेको सुनिरहेका छौँ भन्नुहुन्छ ।

    “पछिल्ला वर्ष बाली उत्पादन लागत बढ्दै गएको छ, यसअनुसार उत्पादन बढाउन कृषिलाई आधुनिकीकरण गर्न जरुरी भइसक्यो”, उहाँले भन्नुभयो । उहाँले यसको अगुवाइ नगरले गर्नुपर्ने उहाँको धारणा छ । सहमतिमा पाँचखालका किसानलाई परम्परागत खेतीप्रणालीलाई रुपान्तरण गर्दै आधुनिक खेतीप्रणालीमा लैजाने तथा नगदी बालीलाई विशेष प्राथमिकता दिई किसानको जीवनस्तर सुधार गर्दै जाने विषयलाई अघि सारिएको थियो ।

    कृषिलाई आधुनिकीकरणका नाममा नगरद्वारा किसानलाई आधा प्रतिशत अनुदानमा हाते ट्याक्टर र मौरीघार वितरण बाहेकका उदाहरणीय काम भएको पाइदैन । नगरप्रमुख महेश खरेल यहाँको कृषिलाई आधुनिकीकरण गर्न विभिन्न निकाय एवं सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न नगर सदैव तयार रहेको बताउनुहुन्छ । यसअघिका केही सम्झौता विविध कारण अघि बढाउन नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार उद्योगमा क्षेत्रमा केही योजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

    इजरायली प्रविधि भित्र्याउने सहमतिपछि नगरका जनप्रतिनिधिले चासो नदिँदा सहमतिमै सीमित भएको पाँचखाल–४ का किसान रामचन्द्र श्रेष्ठले बताउनुहुन्छ । कृषिमा इजरायली प्रविधि, ज्ञान–सीप विश्वमै उत्कृष्ट मानिन्छ । उक्त प्रविधिलाई कृषियोग्य पाँचखालको भूमिमा प्रयोग गर्नसके यहाँ उत्पादन भएका गुणस्तरीय तरकारी तथा फलफूल अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने अपेक्षा गरिएको थियो । नगरले आफ्नो बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । तर, पर्याप्त सिँचाइको अभावमा अपेक्षित उत्पादन हुन सकिरहेको छैन ।
    केही वर्षदेखि लगानी भित्र्याउने तीव्र चाहना बोकेको नगरले ४० बढी उद्योग स्थापना गर्ने योजना अघि सारेको थियो । तर, आर्थिक वर्ष २०७६÷७७ को अन्त्यतिर लगानी सम्मेलनको तयारीमा जुटेलगत्तै कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । गत आर्थिक वर्षमा गर्ने बताइए पनि कुनै औपचारिक योजना भने बनाइएको छैन । “लगानी सम्मेलन गर्ने योजना बनाउने चाहना छ, आउँदो आवमा गर्न सकिन्छ” नगर खरेलले भन्नुभयो ।

    लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजनाको खोजी गर्दै कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको जनाइयो । पाँचखालमा ४० उद्योग स्थापना गर्नसके स्थानीयस्तरमा खाद्यान्नलगायत उत्पादनसँगै करिव चार हजार स्थानीयवासीले रोजगारी पाउने छन् । उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकतामा राख्ने नगरको योजना थियो । “उद्योग स्थापनार्थ स्थानीयवासीलाई प्राथमिकता दिँदै सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय गर्नेछौँ” खरेलले भन्नुहुन्छ ।

    पाँचखाल नगरमा सघन सहरी विकास कार्यक्रमका लागि बजेट विनियोजन भए पनि योजनालाई अघि बढाइएको छैन । सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ विसं २०७८ फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु पचास करोड बजेट विनियोजन गरेको थियो ।

    ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरले यसअघिनै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले वर्षौँदेखि खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापना गर्ने जनाए पनि अपेक्षित काम हुन नसकेको बताइन्छ । पाँचखालमा केही राष्ट्रिय योजनाअन्तर्गत विशेष आर्थिक क्षेत्र (सेज)का भौतिक निर्माण भइरहेको भने मदन भण्डारी विश्वविद्यालयका लागि जमिन स्वामित्वमा लगिएको, वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको छ ।(कृषि सुचना)

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer