काठमाडौं । आज जुन ५ अर्थात ५१औं विश्व वातावरण दिवश । विश्वभर वातावरण संरक्षण सम्वन्धी बिबिध कार्यक्रम गरेर विश्व वातावरण दिवश मनाईएको छ । यस्तै नेपालमा पनि वातावरण संरक्षण सम्बन्धी थुप्रै कार्यक्रम गरि विश्व वातावरण दिवश मनाईयो ।
लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीले “विश्व वातावरण दिवशको” अवसरमा लामो समय देखी नापी बिभाग परिसरमा सरसफाइ तथा वातावरण संरक्षणका क्षेत्रमा महत्वपुर्ण कार्य गरिरहनु भयकि शान्ति थापा लाई, उहांले नै हेरचाह र संरक्षण गर्नुभएको विभाग परिसर को सुन्दर बगैंचामा एक कार्यक्रम गरी सम्मान तथा नगद सहयोग गर्यो । डिष्ट्रिक्ट ३२५ एमका चिफ अफ एओजि हरिचन्द्र तिवारीले, “हामी जहां छौ, जस्तो अवस्थामा छौ, आजैबाट अहिल्यैबाट प्रकृती र वातावरणको संरक्षण गर्न लाग्नुको विकल्प नरहेको बताउदै”, शान्ति थापालाई दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो भने क्ल्व परिवारका तर्फबाट अध्यक्ष कृष्ण कमल खत्रीले नगद रु.५००५ ( पाच हजार पाच) र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा साझा फुलवारीका द्वितिय उपाध्यक्ष सुन्दर देवकोटा, कोषाध्क्ष टीका कुमार बिसि, क्लव डाईरेक्टर राम ब. बिष्ट , दुर्गा खनाल, सहदेव सुवेदी, पुर्ण ब खडका, दीपेन्द्र वीर शाही, डिपि धिमिरे र पृथ्वीलाल श्रेष्ठ लगायतको सहभागीता थियो भने नापि बिभागका महानिर्देशक प्रकाश जोशीले आजको बिश्व वातावरण दिवसको शुभकामना दिदै सम्मान कार्यक्रम को प्रशंसा गर्नु भयो ।
लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीले यि र यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय बिबिध पर्व तथा दिवशहरुमा बिभिन्न कार्यक्रमको आयोजना गरी समाज सेवा गर्दै आईरहेको छ ।
आज संयुक्त राष्ट्रसंघले सन् २०२४ का लागी, “land Restoration, Desertification and Drought Resilience”, भन्ने नारा सहित विश्वब्यापी, विश्व वातावरण दिवश मनाईएको छ । जुन ५ सन् १९७३ पहिलो पटक संयुक्त राष्ट्रसंघले विश्व वातावरण दिवश मनाएको थियो ।





