• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धार्मिक-पर्यटनको आकर्षक गन्तव्य भक्तपुरको सुर्यविनायक


  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । भक्तपुर जिल्लाको सूर्यविनायक चोकबाट करिब दुई किलोमिटर दक्षिणमा अवस्थित रहेको छ, चर्चित मन्दिर सुर्यविनायक । समुन्द्र सतह भन्दा करिब १४५० मिटर उचाईमा रहेको मन्दिर घना जंगलको बिचमा रहेको छ । स्थानीय नेपाल भाषामा इन्हरे गणेद्यो भनिने यस मन्दिरको निर्माण आजभन्दा करिब १५ सय वर्ष अगाडि लिच्छिविकालिन राजा विष्णु देव बर्माको समयमा भएको विश्वास गरिन्छ । काठमाडौं उपत्यका लगायत, बनेपा, पनौती र धुलिखेलबाट पनि भक्तजनहरु आउने गरेको सुर्यविनायक क्षेत्र प्रबन्ध समितीले जनाएको छ ।

    Advertisement

    सुर्यविनायक क्षेत्र प्रबन्ध समितीका अनुसार मंगलवारका दिन गणेश भगवानको विशेष वार हुनाले यस दिन ८००-१००० जनासम्म भक्तजनहरु आउने गरेको छन । वर्षाका समय बाहेक भाद्र देखी बैशाख सम्म भक्तजनहरुको ठुलो भिड लाग्ने गरेको बताईन्छ । मुख्य पुजारी गुठी संस्थानले नै खटाउने गरेकोमा, सरसफाई लगायतका कार्य गर्नको लागी समितीले अन्य ४ जना ज्यालादारी कर्मचारी राखेको छ । लड्डु चढाउने गणेशलाई बली चढाउनु हुदैन भनेर, भैरबको लागी चढाउने बली गणेश मन्दिरमा नै चढाउने पुरानो परम्परालाई सुधार गरी हाल मन्दिर देखी दक्षिण तर्फ सारिएको समितीका सचिव मोहन गिरि बताउनुहुन्छ । मन्दिरमा घेरबार, पर्खाल नहुदा संरक्षणका लागी राती कुर्नुपर्ने काम चित्तपोलका स्थानियले गर्ने र भेटी वापतको रकम उहाहरुले नै लाने गरेको सचिव गिरि बताउनुहुन्छ ।

    केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न आउदा बाटोमा नै पर्ने भएकोले आजकल भारतका धार्मिक-पर्यटकको संख्यामा उल्लेख्य बृद्दी भएको सचिव गिरि बताउनुहुन्छ । मन्दिरसंगै रहेको बनभोज स्थलको हेरबिचारको जिम्मा यस समितिले लिएको र सो वापत रु १५०० देखि ३००० सम्म लिई कर्मचारीको तलब भुक्तानी गर्ने गरेको बताउदै गिरि भन्नुहुन्छ, आम्दानिको भरपर्दो स्रोत नभएको र सरकारले समेत चासो नदिएका कारण मन्दिर संरक्षणका र मर्मत सम्भारका लागी गार्हो परेको समितिको भनाई रहेको छ ।

    सूर्यविनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् ।

    काठमाडौँ उपत्यकामा रहेका चार विनायक गणेशहरु, कार्यविनायक, अशोकविनायक, जलविनायक र सूर्यविनायक हुन । भक्तपुर जिल्लामा रहेको सूर्यविनायक गणेश मन्दिर भक्तपुरनगर भन्दा २ किलोमिटर दक्षिणमा अवस्थित छ । यो मन्दिरको निर्माण आजभन्दा करिब १५ सय वर्ष अगाडि लिच्छिविकालिन राजा विष्णु देव बर्माको समयमा भएको विश्वास गरिन्छ । स्थानीय नेपाल भाषामा यस मन्दिरलाई इन्हरे गणेद्यो भनिन्छ । यस मन्दिरको विशेषता के हो भने, बोली नफुटेको तथा अस्पष्टता भएका बालबालिका सूर्यविनायकामा लगेर छोडिदिनाले अतालिँदै चिच्याउन थाल्ने र त्यहि चिच्याई पछि बोलीमा परिणत हुने जनविश्वास रहि आएको छ । यसका साथै हिड्न नजानेका बालबालिकालाई यहाँ ल्याएर छोडिदिनाले हिड्न थाल्छन् भन्ने पौराणिक जन विश्वास रहि आएको छ । गणेशको दर्शन गर्दा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने साथै यहाँ दर्शन गर्नाले पुत्रलाभ हुने पनि बताएको पाईन्छ ।

    एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए । उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरोको मृत्यु भएछ । मरेको छोरालाई ब्युँझाउन उनी पशुपतिनाथकै शरणमा पुगे । पशुपतिनाथले यहाँबाट हिँड्दै जाँदा भोलि सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ मेरो पुत्र गणेशले दर्शन दिनेछन र उनीसंग त्यही वर माग्नु भनेपछी, ति भक्त हिँड्दै जाँदा, हाल सूर्यविनायक गणेश मन्दिरको स्थानमा आई पुग्दा सुर्योदय भयो र सूर्य पहिलो किरण परि उनको छोरो बाचेको हुनाले यस पवित्र स्थानलाई सूर्यविनायक भनिएको किंवदन्ती पाईन्छ । सूर्यको किरणसँगै उत्पत्ति भएको हुनाले सूर्यविनायक नाम रहेको मन्दिरका पुजारी बताउँछन् ।

    मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer