• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रहरीको सुरक्षामा कामकाज गर्दै पालिका


  •   बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
  • कालीकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा प्रहरी तैनाथ गरिएका छन् । जनप्रतिनिधि र कर्मचारीका कारणले सेवाग्रही आक्रोसित भएपछि नगरपालिकाले प्रहरी सुरक्षामा कार्यालय सञ्चालन गर्न थालेको हो ।

    Advertisement

    समयमा भुक्तानी नदिनु, कर्मचारी कार्यालयमा कहिलेकाही मात्र हुनु, कामको सम्झौतामा ध्यान नदिनु, अनुगमन प्रतिवेदन समयमा तयार नहुँदा भुक्तानी प्रक्रिया लम्बीन थालेपछि सेवाग्रही आक्रोसित छन् । आक्रोसित सेवाग्रहीको त्रासका कारणले प्रहरीको सहयोगमा कर्मचारीले काम गर्नु परेको नगरपालिकाले जनाएको छ ।

    नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले सार्वजनिक सम्पत्तिको सुरक्षा, श्रेस्ताको सुरक्षाका लागि प्रहरीको सहयोग लिन बाध्य भएको बताउनुभयो ।

    उहाँले आफ्ना पनि कमजोरी भएको भन्दै कमजोरीलाई सुधार्ने समय समेत नपाउने भएकाले आर्थिक मसान्तमा कामकाज गर्न सेवाग्राहीले नदिएपछि प्रहरी परिचालन गर्नुपरेको जानकारी दिनुभयो ।

    नगरपालिकाको कार्यालयमा हतियारधारी सुरक्षा कर्मी खटिएका छन् । प्रहरीले कुनै पनि सेवाग्रहीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । यस अघि एक होटल सञ्चालकले समयमा भुक्तानी नपाएको भन्दै नगरपालिकाको कार्यालय प्रवेश गरेर कुर्सि, फिल्डर लगायतका सामान सडकमा पछार्दै नगरपालिकाका कर्मचारीलाई धम्की दिनुभएको थियो ।

    नगरका निमित्त प्रमुख शाहीले गल्ती गर्ने जनप्रतिनिधि र त्यसको सजाय आफुले पाउने गरेको गुनासो गर्नुभयो । समयमा बजेटको अख्तियारी नआउनु, योजनाको अनुगमन प्रतिवेदन तयार नहुनु, बजेटको दायरा नहेरी योजना बाड्नु, निति नियमको ख्याल नगरि बजेट खर्च गर्नुले पनि समुदायमा आक्रोस बढेको बताउनुभयो ।

    नगरको हालै सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा खाना खर्चमा ७० लाख ५८ हजार देखिएपछि नागरिक थप आक्रोसित भएका छन् । नागरिकको आक्रोसलाई थेक्न नसकेपछि प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक प्रकाश केसीले प्रमुख जिल्ला अधिकारीमार्फत पत्र आएको र नियमित गस्तीका क्रममा प्रहरी छ भनेर देखाउनका लागि नगरपालिकामा जाने गरेको बताउनुभयो ।(गोरखापत्र)

     

    बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer