काठमाडौं । देशको पूर्वी भेगमै मनसुनी प्रभाव सीमित रहँदा अन्य भागमा चर्को गर्मीले सताएको छ। अन्य भूभागमा भने स्थानीय र पश्चिमी वायुका साथै भारत विहारको आकाशमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव मात्र छ।
Advertisement
आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा मधेश प्रदेशलगायत बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा मधेशलगायत बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




