• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
मङ्गलबार, भदौ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रदूषित हावाका कारण विश्वमा ८१ लाख बढीको मृत्यु


  •   शुक्रबार, असार १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । जनसंख्याको बृद्दीका कारण विश्वमा प्रदुषण बड्दो छ । झन त्यसमाथी प्रदुषणको मुख्य सिकार बनेको छ हाम्रो वायुमण्डल ।

    Advertisement

    यसैमा स्टेट अफ ग्लोबल एयर २०२४ नामक प्रतिवेदनले प्रदूषित हावाका कारण विश्वमा लाखौं मानिसको मृत्यु भइरहेको तथ्य सार्वजनिक गरेको छ । हेल्थ इफेक्ट इन्ष्टिच्युट एवं हेल्थ मेट्रिक्स एण्ड इभ्यालुयसन नामक संस्थाले युनिसेफसँगको सहकार्यमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करिब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो । वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार पाँच सय मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ को प्रतिवेदनमा यस्तो संख्या ४२ हजार एक सय थियो । विश्वभरि वायु प्रदूषणका कारण मृत्यु हुनेमध्ये पिएम २.५ अर्थात् धुलो धुवाँमा मिसिएका विषाक्त वायुका कारण ५८ प्रतिशत, घरभित्रको प्रदूषणका कारण ३८ प्रतिशत र ओजोनका कारण छ प्रतिशत रहेको बताइएको छ ।

    प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । सन् २०१९ मा ४२ हजार एक सय जनाको मृत्यु भएको थियो ।

    विश्वभरि उच्च रक्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको प्रतिवेदनले औंल्याएको छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एसियाली र अफ्रिकन मुलुक रहेका छन् । संयुक्त राष्ट्र संघको साधारणसभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारका रूपमा स्वीकार गरेको छ । त्यसैगरी नेपालको संविधानको धारा ३० ले ‘स्वस्थ र स्वच्छ हावा’ नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तर, कार्यान्वयन हुन सकेको छैन ।

    वायु प्रदूषणको मुख्य कारणमध्ये जीवाष्म इन्धन र जैविक इन्धन अधिकतम् प्रयोग हुन् । यीबाहेक खुला फोहोर बाल्ने, फोहोर व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् । वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, महिला बढी जोखिममा रहेका छन् । जसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।

     

    शुक्रबार, असार १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer