• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सन्तान प्राप्तीको आशमा कमलादी गणेशमा भक्तजनको घुंईचो


  •   मङ्गलबार, असार १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । पुरानो सभ्यताको कुरा गर्ने हो भने, काठमाडौ शहरको बाहिरपट्टि पुर्व दिशामा अवस्थित छ कमलादी गणेश । काठमाडौको विभिन्न गणेश पीठहरु मध्ये शक्तिशाली मानिन्छ, कमलादी गणेशलाई । प्राचीन नेवा: बस्तीहरुमा हरेक टोलको आफ्नै छुट्टै गणेश मन्दिर हुने गर्दछ । त्यस हिसाबले पनि यस गणेशलाई जमलको नेवा:हरुको गणेशथान मानिन्छ। यसै कारण यस गणेशलाई स्थानियहरु जम:मी गनेद्य: भन्ने गर्दछन्।

    Advertisement

    किंवदन्ती अनुसार कुनै बेला किसानहरुले खेत खनिरहेको बेलामा एउटा सेतो ढुंगामा केही आकृती कोरेको फेला पारे । त्यसलाई उत्खनन गर्दै जाँदा गणेशको आकृती प्रष्ट देखियो । उक्त मूर्तिलाई घर लगि धानको भकारी भित्र लुकाएर राख्दा भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किंवदन्ती छ । सोही अनुसार यस स्थानमा सानो मन्दिर बनाई गणेश स्थापना गरेको मानिदै आएको छ । समय समयमा विभिन्न व्यक्तीहरु द्वारा विभिन्न समाग्रीहरु चढाउने गरिएको यस गणेशस्थानमा पछिल्लो समय पुरानो ढुंगाको मन्दिरलाई पित्तलले ढाकेर गणेशको प्रस्तरको मुर्ती अगाडि पित्तलको मुर्तीको मोलम्बा गरि भव्य निर्माण गरिएको थियो। तत्कालिन राजा पृथ्वी वीर विक्रम शाहको पनि सन्तान नभएपछी यसै गणेशस्थानमा भाकल राख्दा त्रिभुवनको जन्म भएको र राजाले गणेशलाई रत्नमालाहरु चढाएको कथाहरु अझै पनि सुन्न पाईन्छ।

    जनश्रूति अनुसार यस गणेशलाई फिब्व अजिमा ( कौमारी पीठ) को छोरा मान्ने गरिन्छ र पहिले फिब्व अजिमाको पनि खट जात्रा हुने गर्दथ्यो । जुन हाल हराइसकेको छ । यसै जात्रा बेलामा गणेश मन्दिर भन्दा अलिक माथी कलमादी गणेशको र फिब्व अजिमाको भेट गराउने प्रचलन रहेको थियो जुन अहिले पनि कमलादी गणेशको खट मात्र सो स्थानमा लगेर फर्काएर ल्याउने गरिन्छ भन्नहुन्छ पुजारी धर्म महर्जन । यस गणेशको हरेक वर्ष ल्हुती पुन्ही ( बाईस धारा मेलाको दिन ) समयमा भव्य खट जात्रा हुने गर्दछ भने यस गणेशको द्य: छेँ ( देवता घर) त्यौड टोल नजिकै रहेको छ। हाल कमलादी गणेशलाई काठमाडौमा रहेका मारवाडी समाजले धेरै मान्ने गरेको पाईन्छ भने गणेश चतुर्थीको दिन यहाँ ठुलो लड्डुको भोग पनि लगाउने गरिन्छ।

    मंगलवारको दिन चौथी तिथी परो भने गणेशजीलाई प्रसन्न पार्न मंगलचौथी पर्व मनाइनुका साथै गणेशजीको पूजा, आराधना, ब्रत प्रारम्भ सहित उद्यापन यस दिन गर्ने गरिन्छ । जसले यसदिन ऋद्धि सिद्धि सहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आरधना गर्दछ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुख-कष्ट र विघ्नबाधा आदि हराउनेछ भन्ने बिश्वास गरिदै आएको बताउनु हुन्छ पुजारी धर्म महर्जन ।

    कमलादी गणेशलाई सेतो गणेश पनि भन्ने गरिन्छ । यो मन्दिर कमलादीमा भएकाले यसलाई कमलादी गणेश पनि भन्ने गरिएको हो । यिनको पूजा–उपासना परापूर्वकालदेखि नै हुने गरेको छ । स्थानीय बासिन्दाहरू सन्तानप्राप्तिको उद्देश्यले यहां पूजाआजा गर्ने गर्दछन् । विशेष गरी मंगलबार गणेशको दर्शन गर्न भक्तजनहरूको भीड लाग्ने गर्दछ । गणेश चतुर्थीका अवसरमा कमलादी गणेश मन्दिरमा ७-८००० भक्तजनहरु आउने बताउछन् स्थानीय ।

    काठमाडौँको मध्य भागमा रहेको उक्त रुख, मन्दिर, मछिन्द्रनाथको रथ, सेता मुसाहरू सँगसँगै उक्त ठाउँमा अन्य धेरै मूर्तिहरू पुराना घर पनि छन् । आजकल त सोही रुखबाट अगाडितिर फर्किएर हेर्ने हो भने रुख जत्रै अग्लो भ्यु टावर पनि बन्दै छ । भ्यू टावर बनाउन खर्च गर्नु भन्दा यस्ता पुराना रुखहरू जोगाउन पहलकदमी गरेको भए कति राम्रो हुन्थ्यो भन्छन स्थानिय ।

    त्यहाँ भएका सबै घरहरू गुठीको हो । सोही पसल अघिका बुढानीलकण्ठ लगायतका मूर्तिहरू भने असन आसपास बस्ने नेवार समुदायको कुल देवताहरू हुन् । त्यहाँ धेरै वर्ष पहिले एउटा इनार पनि थियो, ढुङ्गे धारा पनि थियो । स्थानीयले बताए अनुसार उक्त धारामा नक्साल, मैतीदेवी देखि मान्छेहरू नुहाउन, लुगा धुन आउँथे । आजकल त्यो ट्याङ्की र धारा दुवै प्रयोगमा आइरहेका छैनन् ।

    ढुंगेधाराको पुनर्निर्माण भइरहेको, मन्दिर आसपास धेरै ऐतिहासिक सम्पदा, हिटीहरू रहेको र अहिले सोही स्थानमा भजन घर र सत्तल समेत पुनर्निर्माणको अवस्थामा रहेको पुजारी मंगल महर्जन बताउनु हुन्छ ।

    सेतो मच्छिन्द्रनाथ र राजा त्रिभुवन जन्माउने सेतो गणेश उत्पत्तिको किंवदन्ती

    एक दिन कमलादीमा खेतको बिचमा एक सेतो प्रस्तर फेला परेछ । किसानहरूले त्यसलाई गणेश भगवान् मानेर पूजाआजा गर्न थालेछन् । यसरी जनमानसमा श्रद्धा र आस्था बढ्दै गयो । भक्तहरू हरेक मङ्गलवार भिड लाग्न थाले । त्यसपछि उनीहरूले ती गणेश काठमाडौँ उपत्यकाका पीठहरूका विनायक हुन् भन्ने थाहा पाएछन् । राजा राजेन्द्र नरसिंह, गजेन्द्र सिंह, भाजुविर सिंह आदिले मन्दिरको निर्माण गरेको मानिन्छ ।

    यस मन्दिरमा हरेक दिन जस्तो भक्तहरूको आवतजावत भई रहन्छ । तर मङ्गलवार भने यहाँ निकै भिड हुने गरेको बताउनुहुन्छ पुजारी मंगल महर्जन । सन्तान प्राप्तिको उद्देश्यले यस मन्दिरमा पूजाआजा गर्ने गरिन्छ । राजा पृथ्वीवीरविक्रम शाहले पनि यिनै गणेशको उपासना गरेपछि राजा त्रिभुवनको जन्म भएको विश्वास गरिन्छ । साथै, त्रिभुवनले पनि आफ्नो सन्तान हुन भन्दा अघि यही मन्दिरमा पूजाआजा गरेको भनिने गरिन्छ । त्यही समयदेखि नेपालका राजाहरूले यहाँ निरन्तर रूपमा पूजाआजा गर्दै आएको बताउनुहुन्छ पुजारी महर्जन ।

    यस मन्दिर भित्र गणेशका आसपास विष्णु, रामचन्द्र ,माँ माया, हनुमान, मनकामना जस्ता अन्य धेरै देवीदेवताहरूको मूर्ति समेत छन् ।

    सेतो मछिन्द्रनाथको रथ चैतमा निकालिन्छ । अरु समयमा भने त्यो रथ त्यही हुन्छ । मन्दिरको पुर्बपट्टि ठुलो मसलाको रुख छ । लामो समयदेखि सोही स्थानमा चिया पसल गरेर बसिरहेका स्थानीयका अनुसार त्यो रुख लगभग २०० वर्ष पुरानो हो । सेतो सुकिलो रुखलाई जमिनबाट माथि फर्किएर हेर्ने हो भने शिरको टोपी नै खस्छ जस्तो लाग्दछ । रुख वरपर लगभग १०० वर्ष पुराना घर छन् । यसै रुखसंगै छेउमा सेतो मछिन्द्रनाथको रथ राख्ने गरिन्छ । त्यहाँ सेतो गणेशको मन्दिर हुनु र सेतो मछिन्द्रनाथको रथ हुनुमा भने केही किम्बदन्तीहरू छन् । तर त्यहीँ आएर सेता मुसाहरू बस्नु भनेको संयोग नै मान्नुपर्छ । मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगर परिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ ।

    नौ वटा नाग कमलको फुलमाथी नागको आसनमा कमल विनायक गणेश स्थापना भएका मानिन्छ । उपत्यकाका गणेशका आ-आफ्नै महत्व छ । जस अनुसार, धन सम्पत्ती छोराको लागी कमलादी गणेश, चावहिलको गणेश सर्जरी घाउ घटिराका लागी, वुङ्गमती गणेश कार्य सिद्दीका लागी, सुर्य विनायक गणेश बच्चको बाक्य खुलाउनको लागि र जल विनायक गणेश उपत्यकाको सुरका लागी चर्चित छन ।

    हाल कमलादी गणेशमा जात्रा पर्व संचालन सहयोग समिती गठन भएको छ । मन्दिरमा पुजा गर्ने १४२ घर पुजारी छन् अहिले । कमलादी गणेशको मुल थलो जमलमा रहेको र  हनेक १२ बर्षमा एक पटक त्रिविको जग्गामा पुजा गर्न जानु पर्ने नियम रहेको बताउनु हुन्छ पुजारी मंगल महर्जन ।

     

     

     

     

    मङ्गलबार, असार १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer