• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ३१, २०८३
☰
आइतबार, साउन ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिरहेका छन्, तर सभापतिले बिर्सिए: मुकुल ढकाल


  •   सोमबार, असार २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले ३८ जिल्ला घुमेर तयार पारे समीक्षा प्रतिवेदन ।जसमा जनताको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको धारणा उनले स्पष्ट जनताकै भाषामा उतारेका छन र जनताले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि थुप्रै प्रश्न उठाएका बुदाहरु समेटेका छन् । उनले पार्टी सभापतिमाथि नै पहिलो प्रश्न उठ्यो भन्दै रवि लामिछानेमाथि विभिन्न १० प्रश्न उठाएका छन् ।

    Advertisement

    ३८ जिल्ला घुमेर तयार पारेको समीक्षा प्रतिवेदनमा ढकालले लामिछानेमाथि प्रश्न उठाउँदै पार्टीभित्र सभापतिले विश्वासको दायरा बढाउन नसकेको पनि आरोप लगाएका छन् ।

    ढकालले पार्टी सभापति आफैं गृहमन्त्री बनेको प्रति पनि प्रश्न उठाएका छन् । समीक्षा प्रतिवेदनमा ढकालले सभापति लामिछानेप्रति प्रश्न उठाउँदै ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफै गृहमन्त्री भएर किन गएको ?’ भन्दै प्रश्न गरेका छन् ।

    यस्तै, उनले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई कहिले समातिन्छन् भनेर पनि सोधेका छन् । समात्न नसकिने भए प्रतिपक्षीमा हुँदा किन म्याद तोकेर बोलेको प्रश्न गर्दै उनले भनेका छन्, ‘जिबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’

    उनले कञ्चनपुरमा चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय कहिले मिल्छ भन्दै लामिछानेमाथि प्रश्न गरेका छन् । साथै, उनले सभापति लामिछानले पार्टीमा पूर्वग्यालेक्सी टिभीका सहकर्मी थुपारेको समेत आरोप लगाएका छन् ।

    यस्ता छन् ढकालको रविमाथि १० प्रश्न

    १, चेसमा रानी धेरै चल्दैन ? तर, हाम्रो पार्टीमा सभापति नै किन धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो किन ब्याक नबसेको ?
    २, जिबी राई कहिले समातिन्छन् ? समात्न सकिन्दैनथ्यो भने प्रतिपक्षमा हुँदा किन म्याद तोकेरै बोलेको ?
    ३, सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ ।
    ४, सभापतिको सचिवालयमा मेदुभाषी भएनन् । यही सचिवालयबाट अगाडि बढे सभापतिको राजनीति सम्भव छैन ।
    ५, किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन किन नसकेको हो ?
    ६, सरकारमा गएपछि सोचेअनुरूप फाइल किन खोलिएन ?
    ७, निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?
    ८ ब्लू बस र रोजगारीको कुरा कहाँ पुग्यो ?
    ९, सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ ।
    १०, सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिरहेका छन् । तर, सभापतिले बिर्सिए जस्तो छ । पार्टीको मेरुदण्ड त्यही कार्यक्रम थियो । पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए । सभापति सचिवालमै बसे । तर, तिनीहरुले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्से र अरु राजनीति गर्न थाले ।
    उल्लिखित प्रश्नहरुको जवाफ सभापतिबाट प्राप्त हुनेछ भनेर यहाँ थप केही लेखिएन ।

    सोमबार, असार २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer