काठमाडौं । काठमाडौको माईतीघर स्थित सेन्ट जेभिएर कलेजले असार २९ गते शनिवार प्रवेश परिक्षा लिने भन्दै सार्वजनिक सुचना प्रकासन गरेकोमा, हिजो असार २८ देखिनै प्रवेश परिक्षा लिईएको छ। सार्वजनिक सुचनामा जुलाई १३ राखिएको र हिजो जुलाई १२ मा नै परिक्षा लिईएकोमा अधिंकास विद्यार्थीले थाहा नपाएको गुनासो गरेका छन ।
हामिहरुलाई पुर्व जानकारी नदिई एक्कासी हिजो नै परिक्षा गराएको भन्दै विद्यार्थीहरु र तिनका अभिभावकले कलेजको उत्तर ढोकामा विरोध गरेका थिए । सार्वजनिक सुचनामा एउटा मिती र प्रवेश परिक्षा फरक मितीमा लिएर आफुहरुलाई मर्कामा पारिएको एक सहभागी विद्यार्थीले वताए । यसै विच प्रवेश परिक्षा शुल्क भन्दै यस कलेजले प्रति विद्यार्थी रु १२५ शुल्क लिएको थियो ।
चाहे पाठ्यक्रमका विषयमा होस वा पोशाक सम्वन्धमा होस सेन्ट जेभिएर कलेजले पटक-पटक राज्यको नीतिनियम बिरुद्द आफुलाई उभ्याईरहेको छ । यस्तै विवादका विच सेन्ट जेभियर्स कलेजले सन २०२२ मा ‘सोसल वर्क्स’ कार्यक्रम सञ्चालन सम्बन्धमा बिबाद भई काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कार्यक्रम लागू नहुने र भर्ना नलिने भन्दै एकतर्फी निर्णय लिएको थियो ।




