• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड प्रदान


  •   आइतबार, असार ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं । ‘राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड’ दोस्रो संस्करण सम्पन्न भएको छ । आदिवासी जनजातिको चलचित्र एवं गीतसंगीतको प्रवद्र्धनको लागि आयोजना हुँदै आएको यो अवार्डको दोस्रो संस्करण काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न भएको हो ।
    पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता रहको समारोहमा कला क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान अर्पण गरिएको थियो । उक्त अवसरमा वरिष्ठ गायिका तथा चरित्र अभिनेत्री कविता आलेमगरलाई दीर्घ साधना सम्मान अर्पण र चलचित्र निर्माता तारादेवी लिम्बुलाई राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

    Advertisement

    कार्यक्रममा गुरुङ चलचित्र अभिनेता राजु गुरुङ, अग्रज लोकगायक नमराज ढुंगाना, गायक हिमाल श्रेष्ठ, कलाकार शेरबहादुर गुरुङ, दोहोरी गायिका कालिका रोक मगर र व्यवसायी मिलन लामालाई सम्मान्न गरिएको थियो । अवार्डको जुरीमा अभिनेता धीरेन शाक्य, चलचित्र निर्देशक दिनेश लिङ्देन, संगीत संयोजक शाहश शाक्य र गायक रमेश पाठक रहनुभएको थियो । समारोहमा संगीतमा १४ विधा र आदिवासी चलचित्रमा नौ विधा गरेर २३ विधामा अवार्ड प्रदान गरिएको थियो ।

    समारोहमा संगीततर्फ आदिवासी लोक गीत गायकको अवार्ड सुमन लिम्बुलाई, गायकतर्फकै जुरी अवार्ड असार सिंह निङलेकुलाई र पब्लिक च्वाईस अवार्ड गायक भीम लिम्बुलाई प्रदान गरिउको थियो । आदिवासी लोक गीत गायिकाको अवार्ड अञ्जना लिम्बुलाई, लोकगीत गायिकाकै पब्लिक च्वाइस अवार्ड गंगा लिम्बुलाई प्रदान गरिएको थियो ।

    समारोहमा आदिवासी गीत गीतकारको अवार्ड कल्पना आङबुहाङ लिम्बुले, गीतकारकै जुरी अवार्ड ओम छिनालले र गीतकार पब्लिक च्वाइस अवार्ड गौरीमान लिम्बुले हाँसिल गर्नुभयो । यस्तै, आदिवासी कौडा गीत गायकको अवार्ड मौसम गुरुङले, कौडामै पब्लिक च्वाइस अवार्ड सानु पुलामीमगरले र कौडा गीत गायिकाको अवार्ड निुत पुनले प्राप्त गर्नुभयो ।

    समारोहमा आदिवासी गीत संगीत संयोजकको अवार्ड सुनिल परियारले, आदिवासी म्युजिक भिडियो निर्देशक अवार्ड हाङ चम्जोङले, भिडियो निर्देशक जुरी अवार्ड दीप गुरुङले, आदिवासी म्युजिक भिडियो पुरुष मोडलको अवार्ड गजेन्द्र साम्बाहाम्फेले, आदिवासी म्युजिक भिडियो पुरुष मोडल जुरी अवार्ड सञ्जीव लिम्बुले हाँसिल गर्नुभयो । आदिवासी म्युजिक भिडियोमै महिला मोडलको अवार्ड रिना गुरुङले, महिला मोडल जुरी अवार्ड सुस्मिता गुरुङले प्राप्त गर्नुभयो । यस्तै तामाङ गीत गायकको अवार्ड टीका बम्जनले, तामाङ सेलो पुरुष मोडलको अवार्ड अभी लामाले, सेलो पुरुष मोडलको जुरी अवार्ड छिरिङ तामाङलाई प्रदान गरिएको थियो ।

    यस्तै, तामाङ सेलो महिला मोडलको अवार्ड अनिता गोलेलाई, लिम्बु गीत म्युजिक भिडियो महिला मोडलको अवार्ड दुर्गाकुमारी लिम्बुलाई, लिम्बु गीत म्युजिक भिडियो नवमहिला मोडलको अवार्ड मीरा फियाकलाई, आदिबासी गीत नृत्य निर्देशकको अवार्ड केशव कोइरालालाई, नृत्य निर्देशकमै पब्लिक च्वाइस अवार्ड चूडामणि फयुयाँललाई र आदिवासी गीत ध्वनि सम्पादनको अवार्ड डिका गुरुङलाई प्रदान गरिएको थियो ।

    अवार्ड समारोहमा आदिवासी चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सेमेवाबाट पवित्रा लिम्बुले, आदिवासी चलचित्र चरित्र अभिनेत्रीको पब्लिक च्वाइस अवार्ड बबिता नेयोहाङले, लिम्बु चलचित्रको अवार्ड युक्पुङले, लिम्बु चलचित्रमै पब्लिक च्वाई अवार्ड चलचित्र सेमेवाले हाँसिल ग¥यो । उत्कृष्ट गुरुङ चलचित्रको अवार्ड शिर सुवाले पायो भने शिर सुवाबाटै माओत्से गुरुङले उत्कृष्ट गुरुङ चलचित्रको अवार्ड चुम्नुभयो । चलचित्र जिउनीले जुरी अवार्ड पायो भने गुरुङ चलचित्रतर्फ आफ्नै कर्मले पब्लिक च्वाइस अवार्ड हाँसिल गर्‍यो ।

    कार्यक्रम सभापति एवं आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले आदिवासीहरूलाई मूलधारमा ल्याउन अवार्ड आयोजना गर्दै आएको बताउनुभयो । कार्यक्रम संयोजक शनी लिम्बुले सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
    लिम्बु चलचित्र उत्कृष्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट सागर सुब्बाले, लिम्बु चलचित्र निर्देशकमै पब्लिक च्वाइस अवार्ड सुगुप चलचित्रबाट लोकेन साँवाले हाँसिल गर्नुभयो ।

    आदिवासी चलचित्र चरित्र अभिनेताको अवार्ड जिउनीबाट अच्युत गुरुङले, गुरुङ चलचित्र अभिनेताको अवार्ड विश्वास गुरुङले चलचित्र शिर सुवाबाट हाँसिल गर्नुभयो । गुरुङ चलचित्र अभिनेताको जुरी अवार्ड आनन्द गुरुङले र पब्लिक च्वाइस अवार्ड टेकबहादुर गुरुङले, लिम्बु चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गर्नुभयो । आदिबासी चलचित्र अभिनेत्रीको अवार्ड जिउनीबाट आकृति गुरुङले, आदिवासी चलचित्र अभिनेत्रीको जुरी अवार्ड सिर्जना माश्राङगी मगरले, लिम्बु चलचित्र अभिनेत्रीको अवार्ड विमला खजुम लिम्बुले, मेकअप आर्टिष्टको अवार्ड उर्मिला लामाले र आदिवासी भेषभूषाको अवार्ड सरु माङमो लिम्बुले सरु ढाका उद्योगबाट हाँसिल गर्नुभयो ।(हिमालय टाईम्सबाट)

    आइतबार, असार ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार १ गते (१५

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer