• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

भक्तजनको आशा पुरा गर्ने भक्तपुरका आशापुरी महादेव, यस्तो रहेछ उत्पत्तीको कथा


  •   सोमबार, असार ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । डोलेश्वरको प्रसिद्धि तथा जगाती–डोलेश्वर–आशापुरी सडक विस्तार र कालोपत्र भएसँगै भक्तपुरको दक्षिण पूर्वमा रहेको आशापुरी महादेव मन्दिरमा भक्तजनको ओइरो लाग्न थालेको छ ।

    Advertisement

    काठमाडौँबाट आशापुरी महादेव मन्दिर पुग्नको लागि दुइवटा बाटाहरु छन । एउटा बाटो साँगा भन्ज्यांगबाट दक्षिण लाग्छ भने अर्को बाटो डोलेश्वोर महादेवको मन्दिर बाट पाटी भन्ज्यांग हुदै पूर्व लाग्छ । जुनबाटो लागेपनि बाटोमा देखिने दृश्यहरुले काठमाडौँको कोलाहललाई बिर्साई दिन्छ । जति पनि काठमाडौँबाट आशापुरी महादेव मन्दिर पुग्न खोज्ने भक्तजनको गुनासो, सडक राम्रो नबनेको रहेको मन्दिरका पुजारी बताउनुहुन्छ ।

    आशापुरी महादेव मन्दिर भक्तपुर र काभ्रे जिल्लाको सिमानाभै बग्ने कभेरी खोला र नर्मदा खोलाको दोभानमा अवस्थित छ । स्थानीयहरु नैचाल खोला र काक्रेवारी (भक्तपुर खोला र आशापुरी खोला) खोला पनि भन्छन । जुनसुकै नामले चिनिए पनि दुई साना खोलाको दोभानमा निक्कै सुन्दर र आकर्षक पहाडका थुम्काहरु विच अतिनै मनोरम स्थलमा अवस्थित छ
    आशापुरी महादेव । चारैतिर पहाडले घेरिएको यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ ।

    मन्दिर परिसरमा देखिने निकै प्राचिन ढुंगाका मुर्तिहरु बाट पनि सजिलै के अन्दाज लगाउन सकिन्छ भने, यस पुण्यभूमिमा परापुर्वकालदेखीनै योग ध्यान र साधना गरिदै आएको थियो । यहाँ रहेको आशापुरेश्वोर महादेवको दर्शन गर्नाले भक्तजनहरुको आशा पुरा हुने विस्वास छ । मन्दीर परिसर भित्र पाटी, भजन मण्डली, पांच कुमारी धारा, बुद्ध स्तुपाहरु र अस्थाई प्रहरी चौकी रहेको छ ।

    श्री आशापुरेश्वर महादेव भन्दा थोरै उत्तर तर्फ रुद्रेश्वर भगवानको शिव मन्दिर रहेको छ । राती विशाल पानी परेको र तै पानीले वगाएर शिवलिङ्ग त्यहाबाट हराएको किंवदन्ती रहेको छ । पछि उक्त शिवलिङ्ग आशापुरेश्वरमा भेटिएको भनाई छ । यस सम्वन्धमा पनि निक्कै चाखलाग्दो प्रसंग रहेको छ । हालको जिल्ला सिमाना भक्तपुर र काभ्रे जिल्लामाको सिमानामा पवित्र नदी छ । सो नदिको पुर्व तर्फ घर हुने काभ्रेका किसानले आफ्नो गोठ रहेको स्थान भक्तपुरबाट दुध लिएर खोला तर्दा दुध हराउने र यसैगरी भक्तपुर घर हुने किसानले आफ्नो गोठकाभ्रेबाट दुध लिएर खोला तर्दा दुध हराउन थाले पछि आजित भएर यसको रहस्य खोज्न थाल्दा, हालको आशापुरेश्वर मन्दिर रहेको स्थानमा अदभुत शिवलिङ्ग फेला परेको र पछि खोज्दै जादा उक्त शिवलिङ्ग ईन्द्रेश्वर वाट बाढीलो वगाएको खुल्न गएको र पछी स्थानीयहरुले अव फिर्ता नलैजाने र यसै स्थानमा स्थापना हुन गएको हालको चर्चित मन्दिर आशापुरेश्वर रहेको किवदन्ती रहेको छ ।

    सोमबार, असार ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer