काठमाडौं । मनसुनमा वर्षा गराउने न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा आज तीन प्रदेशमा मुसलधारे वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा मधेश र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। वागमती, गण्डकी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।




