• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सुन्दरबजारमा १०८ फिट अग्लो महादेवको मूर्ति निर्माण, ठुला एकादशीमा उद्घाटन गर्ने तयारी


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट अग्लो सिद्धेश्वर महादेवको मूर्ति निर्माण भएको छ।

    Advertisement

    कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङदी नदीनजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउन यति अग्लो महोदवको मूर्ति निर्माण गरेको हो।

    समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान गणेश, विष्णु, शिवको वाहन नन्दी (बसाहा) को मूर्तिसमेत निर्माण गरिएको बताए।

    काठमाडौँ र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनको भनाइ छ। त्यसका लागि २ करोड ५० लाख खर्च भएको जानकारी उनले दिए।

    मूर्तिमा रङरोगन पनि गरिसकिएको छ। सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ। धाराका लागि पर्खाल बनाइसकिएको छ।

    राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब ६ किलोमिटर टाढाबाट पानी ल्याउन लागिएको छ। हालसम्म २ किलोमिटरमा पाइप बिच्छ्याइएको छ भने धारा निर्माणस्थलछेउमा १ लाख लिटरभन्दा बढी पानी अट्ने एउटा पानी ट्याङ्की बनाइएको छ।

    समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ। धारा तथा शिवलिङ्ग व्यक्तिको नाममा र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम ११ हजार १११ रुपैयाँ तिर्नुपर्ने समितिले जनाएको छ।

    बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ।

    उनका अनुसार महादेवको मूर्ति स्थापनाका लागि हालसम्म १४ लाखभन्दा बढी रकम चन्दाबाट सङ्कलन भएको छ।

    यहाँ मर्स्याङदी नदीमा स्नान गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन्।

    डुम्रे–बेँसीशहर सडकनजिकै तथा लमजुङ-तनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ ।

    यो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ। महादेवको मूर्ति तथा १०८ धारा र शिवलिङ्ग निर्माणले धार्मिक रुपमा मात्र नभइ पर्यटकीय गतन्यका रुपमा विकास हुने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।(थाहा खबर)

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer