• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

धार्मिक तथा बाह्य पर्यटकको संख्या बढ्दै लुम्बिनीमा


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालको प्रमुख पर्यटकिय स्थल भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भारतीय र तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । सन् २०२३ को ६ महिनाको तुलनामा सन् २०२४ को सोही अवधिमा यहाँ भारतीय र तेस्रो मुलुकका पर्यटक बढेका हुन् । तर, यो अवधिमा आन्तरिक पर्यटक भने घटेका छन् ।

    Advertisement

    लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२४ को जनावरीदेखि जुन महिनासम्म भारतीय र तेस्रो मुलुकका दुई लाख चार हजार ६९४ जना पर्यटक लुम्बिनी आएका छन् । ‘पछिल्लो समय भारतीय पर्यटक अधिक मात्रामा लुम्बिनी आएका छन्, यसले भारतीयहरुप्रति लुम्बिनी घुम्नुपर्छ भन्ने बानीको विकास भएको देखिन्छ’, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले भन्नुभयो ।

    कोषका अनुसार पछिल्लो ६ महिनामा भारतबाट एक लाख ५२ हजार ५२० जना पर्यटक लुम्बिनी घुम्न आएका छन् । सन् २०२३ को यो अवधिमा एक लाख ३३ हजार १७९ भारतीय लुम्बिनी आएका थिए । पछिल्लो समय लुम्बिनीमा भइरहेका धार्मिक तथा आध्यत्मिक गतिविधिले पनि भारतीय पर्यटकलाई आकर्षित गरेको बस्नेतले बताउनुभयो । “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, लुम्बिनीमा राम कथा वाचन लगायतले पनि भारतका पर्यटकको लुम्बिनीप्रति मोह बढेको देखिन्छ”, उहाँले भन्नुभयो ।

    विकास कोषका सूचना प्रमुख हरिध्वज राईले लुम्बिनीमा भारतीयसँगै तेस्रो मुलुकबाट आउने पर्यटक पनि बढेको बताउनुभयो । कोषका अनुसार पछिल्लो ६ महिनामा तेस्रो मुलुकका (पासपोर्ट होल्डर) ५२ हजार १७४ पर्यटक लुम्बिनी घुमेका छन् । सन् २०२३ को जुन महिनासम्म लुम्बिनीमा ३३ हजार ६०५ जना मात्रै विदेशी पर्यटक आएका थिए । गतवर्ष भन्दा यो वर्ष १२ हजार बढी विदेशी पर्यटक लुम्बिनी घुमेका हुन् ।

    लुम्बिनी आउने स्वदेशी पर्यटक भने घटेका छन् । पछिल्लो अवधिमा तीन लाख ४४ हजार ५२९ आन्तरिक पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष यो अवधिमा तीन लाख ५५ हजार ८५० जना नेपालीहरु लुम्बिनी घुमेका थिए ।

    कोषका अनुसार पछिल्लो ६ महिनामा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकहरुमा सबैभन्दा बढी थाइल्यान्डका छन् । उक्त देशबाट १२ हजार २४४ जना पर्यटक आएका छन् । यस्तै, श्रीलंकबाट नौ हजार २६५, म्यानमारबाट सात हजार २९५ र चीनबाट ६ हजार ७३४ जना पर्यटक लुम्बिनी आएका छन् ।

    भियतनामबाट तीन हजार ८११, दक्षिण कोरियाबाट दुई हजार ७२२ र जर्मनीबाट एक हजार ११९ जना पर्यटक लुम्बिनी भ्रमणका आएको राईले बताउनुभयो । “अन्य मुलुकको आगमन दर हजार भन्दा कम छ”, उहाँले भन्नुभयो, “विस्तारै बढ्ने हाम्रो अपेक्षा छ ।”(गोरखापत्रबाट)

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer